जाडाले कठयांग्रिएर एक बृद्धको मृत्यु
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, २१ पौष । केहि दिनदेखि चलेको शीतलहरसगै बढेको जाडोले सिरहामा एक बृद्धको मृत्यु भएको छ । जाडोबाट कठयांग्रिएर बुधबार साँझ सिरहाको बरीयारपट्टि ५ मा एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढीमाई नगरपालिका ४ जयपुर बस्ने अन्दाजी ६५ बर्षीय रामनाथ यादब रहेको प्रहरीले बताए । जिल्लाकै सन्हैठ २ पुरानो घरबाट नयाँ घर जयपुर जाने क्रममा अत्याधिक जाडोले कठयांग्रिएर बरीयारपट्टि चौकमा यादबको मृत्यु भएको प्रहरी चौकी बरीयारपट्टिका प्रहरी सहायक निरिक्षक दिल बहादुर दनुबारले बताए । सिरहा सहित तराईका जिल्लाहरुमा विगत केहि दिनदेखि एाकएक बढेको जाडोले जनजिवन कष्टकर बनेको छ । विहानै देखि वाक्लो हुस्सु संगै चिसो हावा चलेका कारणले जनजिबन थप प्रभाबित हुदैँ गएको छ । जाडो बढेकोले दैनिक दिनचर्या विताउन समेत समस्या भईरहेका छन् । जाडोको कारण सिरहा, सप्तरी, सुनसरी, मोरंग, झापा, धनुषा, महोतरी, सर्लाही, बारा, पर्सा लगायतका जिल्लाहरुको जनजिबन अस्तब्यस्त बनेको छ । जाडो बढेपछि खासगरी बालबालिका र वृद्धवृद्धाहरु बढि समस्यामा परेको छ । चिसो बढेसंगै सर्बसाधारणहरु न्यानो कपडा र आगो ताप्ने व्यवस्था गर्न थालेका छन् । विगतका वर्षहरुमा सम्बन्धित निकायले जिल्लाको बिभन्न स्थानहरुमा दाउरा उपलव्ध गराएर आगो बालेको भएपनि यस वर्ष मौन रहेको छ । जाडो बढेसगै स्वास्थ्य संस्थाहरुमा निमोनिया, श्वासप्रश्वास, टाइफाइड रुघाखोकी र कोल्ड डाइरेरियाका बिरामीको चाप बढ्न थालको छ भने जिल्ला प्रशासन कार्यालयले चिसोबाट नागरिकलाई जोगाउन आवश्यक गृहकार्य थालेको छ । जाडोबाट बालबालिका र वृद्ध बढी प्रभावित भएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्