न्युनतम समझदारीमा संसोधन ः कानुनमन्त्रि नायक
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, २१ पौष । मुलुकलाई निकास दिन तत्काल न्युनतम समझदारीमा भएपनि संबिधान संसोधन गर्नु पर्ने न्याय, कानुन तथा संसदीय मामिला मन्त्रि अजय शंकर नायकले बताएका छन् । अहिले प्रस्ताब गरिएको संसोधन बिधेयकलाई मधेश केन्द्रित दलहरुले पनि सहयोग गरी तत्काल न्युनतम समझदारी गरेर भएपनि सहमती गर्नु पर्ने बताए । सरकार संबिधानलाई सर्बस्विकार्य बनाउन माँग अनुसार संसोधन गर्न तयार रहेको मन्त्रि नायकले दाबी गरे । विहिबार मिर्चैया नगरपालिकाको चौथों नगरपरिषदको उदघाटन गर्दै मन्त्रि नायकले स्थानिय निर्बाचन सबैको चिन्ताको बिषय बनेकोले स्थानिय निकायलाई सबल बनाउन निर्बाचन आबश्यक रहेको जिकिर गरे । देशमा बिदेशी चलखेल बढेकोले सबै शक्तिहरुले त्यसको सामना गर्नु पर्ने समेत बताए । यता, नगरपालिकाले चौथों नगरपरिषदले आर्थिक वर्ष २०७४÷०७५ का लागि ११ करोड भन्दा बढीको प्रस्ताबित आयब्याय प्रस्ताव गरेको हो । मिर्चैयाको मोहन उमाविमा भएको नीति, कार्यक्रम, बजेट तथा योजना सार्वजनिकीकरण कार्यक्रम मार्फत नगरपालिकाले आर्थिक वर्ष २०७४ र ०७५ का लागि ११ करोड ३१ लाख २१ हजार ६ सय ८० रुपैयाको प्रस्तावित आयव्यय प्रस्तुत गरेको छ । यता, चालू आर्थिक वर्ष २०७२ र ०७३ तर्फ ९ करोड ९४ लाख २३ हजार १ सय ७२ रुपैयाँ आय र ७ करोड ८५ लाख २० हजार ६ सय ८० रुपैयाको व्याय प्रस्तुत गरेको हो ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्