निःशुल्क बाल स्वास्थ्य शिविर गौरको बाल मन्दिरमा सम्पन्न
Advertise Here Book Now

अभिमनु कुमार पटेल रौतहट २३ पुष ।रौतहटको सदरमुकाम गौरको बाल मन्दिरमा निःशुल्क स्वास्थ्य बाल शिविर संचालन भव्यताका साथ सम्पन्न भएको छ । रिपोर्टर्स क्लब नेपाल रौतहट शाखा तथा मधेश प्रदेश डटकम अनलाईनका अध्यक्ष अभिमनु कुमार पटेल र युवा समाजसेवी भाई नविन कुमार सिंहको आयोजनामा सो बाल शिविर परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
निःशुल्क बाल स्वास्थ्य शिविरमा नवजात शिशु तथा १८ वर्ष मुनिका बालवालिकाहरुलाई स्वास्थ्य परिक्षण पश्चात निःशुल्क औषधी समेत वितरण गरिएको छ । सो शिविर विहान ११ बजे देखि बेलुका ५ बजे सम्म बाल मन्दिरमा डा.प्रविन कुमार सिंह , डा.श्रीराम शर्मा , डा. मुन्ना राज चौहान द्धारा स्वास्थ्य परिक्षण गरिएको छ भने कार्यक्रमका प्रमुख अतिथि जनस्वास्थ्य प्रमुख डा. नवलकिशोर झाले दिप प्रज्जलन गरि उद्घाटन गर्नु भएको छ ।
सो निःशुल्क बाल स्वास्थ्य शिविर कार्यक्रममा १०० भन्दा बढी अपाङ्ग तथा ५०० भन्दा बढी दलितहरु रहेको आयोजक वर्गले जनाएका छन । सेवाग्राहीहरुमध्ये स्थानिय गौर बजारका विधालयहरुका विधार्थीहरु साथै ६० प्रतिशत भन्दा बढी ग्रामिण भेगका बाल वालिका रहेको समेत थाहा हुन आएको छ । स्वास्थ्य शिविरमा स्थानिय साथी पोली क्लीनिकका डा.आनन्द रौनियार , स्वास्थ्यकर्मीहरु , जिल्ला जनस्वास्थ्य गौरका प्रचार प्रसार प्रमुख हरेन्द्र गुप्ता , स्टार्फ नर्स लगायत सहयोगी संस्थाहरु अभियान नेपाल रौतहट , आर.डि.सि. नेपाल , वातावर तथा बाल विकास परिषद, रौतहट , ए.एच.आई.एच.एस. अस्पताल गौर ८ ,धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाहरुले कार्यक्रममा सहयोग गरेका छन ।
निःशुल्क बाल स्वास्थ्य शिविरमा डाक्टरहरुबाट बाल वालिका स्वास्थ्य परिक्षण गर्दा खास गरि बाल वालिकाहरुमा देखा पर्ने रोग छात्री तथा स्वास प्रश्वास सम्बन्धी रोग बढी मात्रामा पाईएको डाक्टरहरुले पुष्टी गरेका छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्