धार्मिक अनुष्ठानसंगै गाढामा शिवोत्सव
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान, ४ फागुन । मधेशमा धार्मिक अनुष्ठानसंगै यत्तिबेला महायज्ञ, पुराण, मेला, किर्तन भजनका साथै मन्दिर निर्माण कार्य चलिरहेको छ । सोहीक्रममा सिरहाको गाढा गाविसमा बर्षोदेखि निर्माण थालिएको शिव मन्दिर तयारी अवस्थामा पुगेको छ । मन्दिर उद्घाटनसहित फागुन १२ गतेदेखि तीन दिने शिवोत्सव कार्यक्रमको आयोजना गरिने पूर्व गाविस अध्यक्ष कन्हैयाप्रसाद गुप्ताले बताए । उनका अनुसार भारतीय सीमा ठाडीदेखि यत्ता लहानसम्मको मध्यभागमा यो नै विशाल शिव मन्दिर हो । धार्मिक पर्यटनको रुपमा अघि बढाउंनको निम्ति यस मन्दिरमा अद्भुत शिवलिंगको स्थापना गरिने गुप्ताले बताए । तत्काल गाविस अध्यक्ष हुंदा कन्हैयाप्रसाद गुप्ताको बेला वि.सं.०५४।०५५ सालतीर स्थापना भएको सो मन्दिर यत्तिबेला दुलही जस्ती सिंगारिदै पुजोत्सवको तयारीमा जुटेको छ । शिवोत्सवको लागि त्यसका व्यवस्थापन समितिले फागुन १२ गते विशाल कलश यात्रा, फागुन १३ गते हनुमान अराधाना, अद्भुत शिवलिंग स्थापना र फागुन १४ गते धार्मिक सांस्कृति कार्यक्रम राखिएको छ ।
 सो कार्यक्रमको उद्घाटन सांसद अमिरी यादवले गरिने कार्यक्रम रहेको छ । लगभग २५ लाखको लागतमा तयारीमा जुटेका शिवोत्सव कार्यक्रम शिवरात्रीको अवसर पारेर यसलाई निरन्तरन्ता दिने भएको छ । शिवोत्सवको लागि अनुरुद्धप्रसाद गुप्ताका अध्यक्षतामा समिति गठन गरिएको छ । सो समितिका उपाध्यक्ष स्वरुप सहनी, सचिव विलक्ष्णप्रसाद महतो, कोषाध्यक्ष विश्वनाथप्रसाद गुप्ता, सदस्यहरु जोगी सहनी, इन्दल सहनी, जिवछ यादव, शितल साहलगायतका छन् । यसैगरी सल्लाहकारमा कन्हैयाप्रसाद गुप्ता, बद्री यादव, रामविलास यादव, दिनेशकुमार महतो र अशेश्वर यादव रहेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्