गाढामा डोमदलित मैत्री विद्यालय
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान, ५ फागुन । सिरहाको गाढा गाविस ३ मा नमुनाको विद्यायलय रहेको छ । यसमा विशेषत दलित र पिछडावर्गका अधिकांश बालबालिका अध्ययनरत छन् भने ३७ बालबालिका डोम समुदायका छन् । यो नमुना स्कूलको नाम श्री सहिद रमेश महतो आधारभूत विद्यालय गाढा ३ सिरहा हो । जहां कुनै छुवाछुत छैन । डोममैत्री विद्यालयमा २ सय ११ जना बालबालिका अध्ययनरत छन् भने १ सय ७ दलितमा ३७ डोम समुदायका छन् । कक्षा ४ सम्म संचालन रहेको यसका विद्यालयकी ममताकुमारी पाल भन्छीन्—‘हामीलाई आजसम्म थाहा भएन छुवाछुत के हो ।’‘ हामी संगैं एउटै बेन्चमा बस्छु । संगैं कलमा गएर पानी खान्छु ।’ संगै खेल्छु खैं मलाई अन्य कुरा थाहा भएन ।’ वि.सं.२०६६ सालमा स्थापना भएको यस विद्यालयलाई वातावरणमैत्रीको दृष्टिकोणले विभिन्न फलफूलका साथै वृक्षारोपण गरिएको छ । ढकमक गमलामा फूल सजिएको छ । चारैतीर कमाण्डवालले घेरिएको एउटा ग्रामिण वस्तीका यो उज्यालो रंगरोहनसहितको व्यवस्थित विद्यालय सम्भव त त्यस क्षेत्रका एक मात्र नमुना हो । यस विद्यालयसंग सम्बन्धित स्थानीय दिनेशकुमार महतो भन्छन् —‘हामी मेहनत गरेर यो नमुनाको विद्यालय सफल बनाएका छौं ।’‘मन्त्रीदेखि विभिन्न अधिकारीहरु अनुगमन गरी प्रोत्साहन गर्दै आएको छ ।’ अहिलेसम्म तीन दर्जन भिआईपीहरु यस विद्यालयलाई अनुगमन गरिसकेका छन् । समावेशीको आधारमा दूई महिला र दूई पुरुष शिक्षकशिक्षिका रहेका छन् । २०७० मा नेपाल सरकारको सहयोगमा २ कोठे चिटिक परेको छतसहित भवन निर्माण रहेको छ भने अन्य तीन वटा कोठा निर्माण रहेको छ भने थप नमुनाको दूई भवन रहेको छ । चर्पी, खानेपानी, खेलकुदलगायतको समुचित व्यवस्था रहेको यस विद्यालयका पदेन सदस्य चतुरानन महतो रहेका छन् भने सदस्य सचिव उपेन्द्र महतो हुन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्