संशोधन विधेयक पारित गराएर चुनावको घोषणा प्रचण्ड
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, ०८ फाल्गुन । प्रधानमन्त्रि पुष्पकमल दहाल “प्रचण्ड” ले क्याविनेटबाट संविधान संशोधन विधेयक पारित गराउने दाबी गरेको छ । संविधान संशोधन गरेर छिटै चुनावमा जानु आफ्नो मुख्य दायित्व रहेकोले जसरी भएपनि क्याविनेटबाट संविधान संशोधन विधेयक पारित गराएर स्थानिय निकाय चुनाबको मिति घोषणा गर्ने बताए । सिरहाको लहानमा आइतबार श्रीमद् भागवत महापुरण ज्ञान सप्ताह महायज्ञको उद्घाटन गर्नु हुँदै प्रधानमन्त्री प्रचण्डले सोमबारको क्याविनेट बैठकबाट सविंधान संशोधनको प्रस्ताव पारित गराएर चुनावको घोषणा गरिने स्पष्ट गरे । ‘शान्ति, संघियता, धर्मनिरपेक्षता र गणतन्त्रको रक्षाको लागि संविधान कार्यान्वयन जरुरी भएकोले संविधान संशोधन गरेर चुनावमा जानुको विकल्प नरहेको उनले बताए । प्रधानमन्त्रि प्रचण्डले क्याविनेटबाट संविधान संशोधन विधेयक पारित गराउने, जनसंख्याको आधारमा मधेसमा स्थानीय निकायको संख्या निर्धारण गरी स्थानीय निकायको संख्या वृद्धि गरिने समेत बताए । प्रधानमन्त्री प्रचण्डले आफू मधेशकै जिल्ला सिरहाबाट जितेर गएकोले मधेशी जनताले मागिरहेको पहिचान र अधिकार दिलाउन संविधान संशोधन प्रक्रिया अगाडि बढाउन लागेको बताए । कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रदिप गिरी, कानुन मन्त्री अजय शंकर नायक र सांसद पदम नारायण चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्