मिर्चैैयामा अतिक्रमण हटाउने क्रम जारी
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, ०७ फाल्गुन । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको मिर्चैयामा सडक अतिक्रमण गरी राखिएको टहराहरु हटाउने क्रम जारी रहेको छ । सडकको क्षेत्राधिकार भित्र रहेका दायाँबायाँ क्षेत्रमा सडक अतिक्रमण गरी राखिएको टहरा, ठेला र पसलहरु मिर्चैया नगरपालिकाले शनिबारदेखि खाली गराउन सुरु गरेको छ । जेसिबीको सहयोगमा सडकको दुवैतर्फ ८२ फिट खाली गराईरहेको नगरपालिकाले जनाएको छ । सडक अतिक्रमण गरी बनाएको विभिन्न घर टहराहरुको कारण नगरको सौन्दर्यमा असर पर्नुको साथै दुर्घटना पनि बढेकाले हटाउने काम भइरहेको बताईएको छ । अतिक्रमण हटाउन मिर्चैया नगरपालिकाले सुरु गरेको भएपनि सफल हुनमा आशंका रहको बुझिएको छ । ज्ञातव्य, केहि महिना पहिला मिर्चैया नगरपालिकाले मिर्चैया नगरमा सप्ताहिक सरसफाई कार्यक्रम सुरु गरेपनि बिभिन्न कारणले सफल हुन नसकेपछि ठप्प रहेको छ । त्यस्तै, नगरपलिकाको लापरबाहीले नगरमा फ्रि वाईफाई र सौन्दर्यको लागि वृक्षारोपन बालुवामा पानि सरह भएको स्थानियहरुको गुनासो रहेको छ । यसै सम्बन्धमा मिर्चैया नगरपालिकाको कार्यकारी अधिकृत रमेश दास संग सम्पर्क गरेपछि जथाभाबि प्रश्न रहेको भन्दै पन्छिन खोजिएको छ । अतिक्रमण हटाउने कार्यमे नगरपालिकाका कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, नेपाल प्रहरी, शसस्त्र प्रहरी, टफिक प्रहरी, उद्योग बाणिज्य संघका प्रतिनिधि, संचारकर्मी लगायतका सहभागिता रहेको छ ।
Displaying 16809871_1403464336364519_1464235293_n.jpg

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्