ट्रयाक्टर दुर्घटनामा चालकको मत्यु
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, ०९ फाल्गुन । सिरहामा भएको ट्रयाक्टर दुर्घटना परि चालकको मृत्यु भएको छ । सोमबार अपराह्न मिर्चैया ४ भित्री सडकखण्डमा ज १ त ८९५६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा बलाबाखर ४ बस्ने श्रबण यादबको २० बर्षीय छोरा रुपेश यादब रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले बताए । ट्रयाक्टर दुर्घटनामा परि घाइते भएका यादबलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाए । खोलामा बालुवा लिन गएको ट्रयाक्टर बाँधबाट अन्दाजी २५ फिट तल खसेर दुर्घटना भएको बताईएको छ । मृतक यादबको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा पठाईको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्