सिरहा ,सप्तरी , मोरङमा भएको सवारी दुर्घटनामा एघार जना घाइते
Advertise Here Book Now

फिरोज शेख लहान , फागुन १० गते। पूर्वाञ्चलका बिभिन्न जिल्लाहरुमा मंगलबार भएको सवारी दुर्घटनामा परी एघार जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तरगत सिरहाको गोलबजार नगरपालिका-३ स्थित आयुष ग्यारेज नजिकै मंगलबार दिउँसो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख २११४ नम्बरको बसले मोटरसाइकललाई ठक्कर दिंदा दुई जना घाइते भएका छन। घाइते हुनेमा स ४ प ६६७४ नम्बरको मोटरसाइकल चालक सिरहा सुखिपुर नगरपालिका -९ बस्ने बर्ष २५/२६ को ईश्वर साह तथा पछाडी सवार उनकी भाउजु बर्ष २८ की गेनाकुमारी साह रहेका छन। घाइते दुबैलाई फ्रेण्ड्स अस्पताल लहान सिरहामा उपचार भैरहेको छ । ठक्कर दिने बसका चालक सप्तरी रायपुर -९ बस्ने बर्ष ३८ को ज्ञानी चौधरी लाइ ईलाका प्रहरी कार्यालय गोलबजारले नियन्त्रणमा लिएको छ। त्यस्तै पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको मधुपट्टी ९ मा बसको ठक्करबाट दुई जना घाइते भएका छन। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ५४८ नम्बरको बसले मंगलबार बिहान विपरीत दिशाबाट आउँदै गरेको स ५ प ५४८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक सप्तरी सिस्वाबेलहा-७ बस्ने उपेन्द्र मण्डल र पछाडी सवार उनकी पत्नी कल्पना मण्डल घाइते भएका छन। घाइते दुबै जनाको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ। त्यसैगरी सप्तरीकै राजबिराज नगरपालिका ९ स्थित राजविराज-कुनौली सडक खण्डमा मंगलबार दिउँसो कुनौलीबाट राजविराजतर्फ जादै गरेको मे १ ह ५१ नम्बरको टेम्पुले ठक्कर दिएर तीन बाल-बालिका घाइते भएका छन। घाइते हुनेमा स्थानीय शिव इन्टरनेशनल बोर्डिङ स्कुलका बिधार्थीहरु इटर्हवा ७ बस्ने ९ वर्षिय बिष्णु यादव, रामपुरमल्हनिया बस्ने १४ वर्षिय मोहमद मजेबुल मियाँ तथा इटहरीबिषनपुर बस्ने ३ वर्षिया मेनुका खातुन रहेका छन्। घाईतेमध्ये बिष्णु यादव र मोहमद मजेबुलको अवस्था गम्भीर रहेकोले उनीहरुलाई उपचारकालागी विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। ठक्कर दिने टेम्पुसहित चालक फरार भएकाले प्रहरीबाट खोजी भइरहेको छ। यता मोरङको गोविन्दपुर ७ लारीकट्टामा रंगेली-आमबाडी सडकमा अनटेष्ट सिटी सफारी अनियन्त्रित भई सडकबाट तल खेतमा खस्दा सफारीमा सवार पाँच जना घाइते भएका छन्। घाइते मध्ये मोरङ गोबिन्दपुर-५ बस्ने बर्ष ५४ की सेर्जामती तामाङको अवस्था गम्भीर रहेकोले उपचारकालागी कोशी अंचल अस्पताल विराटनगर पठाइएको छ भने अन्य चार जनाको प्राथमिक गरिएको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्