सिरहामा ३८ लाख नेपाली रुपैया सहित एक भारतीय पक्राउ
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, २९ माघ । सिरहा प्रहरीले ३८ लाख रुपैया सहित एक भारतीयलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल वेस क्याम्प गोलबजारले ३८ लाख नेपाली नोट सहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । नेपालसँग सीमा जोडिएको भारत विहार मधुमनी जिल्ला लदनियाँका २५ वर्षिय पुजनराम मोचीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । धनगढीमाई १० जिरोमाइलबाट ३८ लाख नेपाली नोट सहित मोचीलाई पक्राउ गरिएको प्रहरीले बताए । गस्तीमा रहेको प्रहरीले शंकाको आधारमा चेकजाँच गर्दा कपडाको थैलोमा पोकोपारी शरिरमा वेरेर राखेको अवस्थामा हजार र पाँच सय दरका नोट बरामद गरेको सशस्त्र प्रहरी बल वेस क्याम्प गोलजारका प्रहरी निरिक्षक दुर्गा भट्टले बताए । पक्राउ परेका मोचीमाथि अनुसन्धान भईरहेको निरिक्षक भट्टले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्