मधेश आन्दोलनको इस्यु काठमाण्डौंका मिडियाले बुझ्नै सकेन् ः डा.विष्ट
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान २९ माघ । मधेश आन्दोलनको इस्यु काठमाण्डौंका मिडियाले बुझ्नै सकेन्, अनी मधेशबारे समुचित उठान गर्न नसकेको नेपाल पत्रकार महासंघ केन्द्रीयका अध्यक्ष डा.महेन्द्र विष्टले बताउंनुभयो । माघ २८ गते नेपाल पत्रकार महासंघ सिरहा शाखाको भवन उद्घाटन गर्दै डा.विष्टले मधेशको इस्यु यहांका मिडियाले बुझेर लेखे तर, मिडियालाई नियन्त्रणमा लिएको घटनाप्रति दुःख लागेको बताउंनुभयो । सिरहा जेलमा राखिएका कृष्ण सेनलाई सम्झिदै नेपाल पत्रकार महासंघ केन्द्रीय महासचिव उजिर मगरले मधेशप्रति विभेद अझै पनि कायम रहेकोले यसलाई समाप्त पार्न मिडियाको महत्वपूर्ण भूमिका रहने बताउंनुभयो । पत्रकार महासंघका केन्द्रीय सदस्य गणेश लम्सालले मधेशप्रति केन्द्रकृत मिडियाको बक्रदृष्टिकोण हटाउंन जरुरी रहेको बताउंनुभयो । नयां शक्ति पार्टीका केन्द्रीय सदस्य पत्रकार रामरिझन यादवले सिरहामा पत्रकार सम्मेलन गर्न नसक्ने अवस्था रहेकोले लहानमा गएर कार्यक्रम गर्नुपर्ने बाध्यता रहेको बताउंनुभयो । नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष देवकुमार यादवका सभाध्यक्षतामा भएको सो कार्यक्रममा राष्ट्रपतिका स्वकीय सचिव जीवछ साह, प्रेस काउन्सीलका पूर्व सदस्य तथा वतावरण मन्त्रालयका मिडिया विद्द चन्द्रदेव कामती, मानव अधिकार संगठन सिरहाका अध्यक्ष राजकुमार राउत, सिरहाका सिडियो श्रीकृष्ण श्रेष्ठ, सिरहा नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रदेव यादव, मधेश मिडिया मिशन नेपालका अध्यक्ष दिनेश्वर गुप्तालगायतले मधेशमा सिरहाको संचारकर्मीले खेलेको भूमिकावारे विचार राख्नुभएका थिए । पत्रकार महासंघ सिरहाका उपाध्यक्ष गणेश साहले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम संचालन पत्रकार महासंघ सिरहाका सचिव जीवछ यादवले गरेका थिए भने भवन निर्माणमा सहयोग पुरयाउंने सिरहा नगरपालिका, जिल्ला विकास समिति सिरहा, पत्रकार भोगेन्द्र साह, सरसफाई अभियन्ता धिरेन्द्र साहलाई कदरपत्र प्रदान गरिएका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्