संविधान कार्यान्वयको लागि संविधान संशोधन ः गच्छेदार
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, २३ माघ । संविधान कार्यान्वयको लागि संविधान संशोधन जरुरी भएको भन्दै त्यसको लागि ठूला तीनै दललाई एकठाउँमा आउनु पर्ने मधेसी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्ष विजय कुमार गच्छेदारले बताएका छन् । शनिबार सिरहाको गोलबजारमा जिल्ला स्तरिय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै पूर्व उपप्रधान्त्री समेत रहेको गच्छेदारले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मात्र मिलेर संविधान संशोधन गर्न नसक्ने दाबी गरे । उनले भने ‘संविधान कार्यान्वयन गरेर चुनाव गराउन जरुरी छ, संविधान संशोधन नगरी चुनावमा जान सकिदैन, त्यसको लागि तीनबटै ठूला दललाई एकैठाउँमा बसेर सहमति खोज्नु पर्छ ।’ उनले सवैपार्टीलाई एकैठाउँमा ल्याउन मधेसी मोर्चा सहितका मधेसवादी दलहरुले पहल गर्नु पर्ने पनि जिकिर गरे । खाली माँग राखेर आन्दोलन गरेर मात्र सवै समस्या समाधान नहुने भन्दै माँग कार्यान्वयन गराउन ठूला दलहरुलाई एकठाउमा भेला गर्न पनि पहल गर्नु पर्ने अध्यक्ष गच्छेदारले तर्क गरे । त्यसको लागि आफ्नो दल तयार रहेको गच्छेदारले स्पष्ट गरे । संविधान संशोधन गरेर चाँडो भन्दा चाँडो निर्वाचनमा गएर संविधान कार्यान्वयन गराउनु पर्नेमा उनले जोड दिए । 
जनता भेला गर्न नाचगानको साहारा 
राजनीतिक दलहरुलाई अब सभा सम्मेलनमा मास जुटाउन मुस्किल पर्न थालेपछि जनताको मास जुटाउन नाचगानको सहारा लिन थालेका छन् । कार्यक्रममा जनता जुट्न नसक्ने भएपछि फोरम लोकतान्त्रिकले पनि युवती नचाउनु परेको स्थानियहरुको भनाई रहको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्