सीके राउत सर्मथकद्धारा प्रदर्शन, फोटा खिच्दा पत्रकारलाई समेत पक्राउ
Advertise Here Book Now

सिरहा,माघ२३ गते। सिके राउतको रिहाइको मांग गर्दै सिरहा सदरमुकाममा प्रदर्शन गरीरहेको सामाचार संकलन गर्न गएका अपन दैनिकका सिरहा सम्वादाता रुनकेश कुमार कामती पनि पक्राउ गरेको थियो । पत्रकार कामतीलाई नियन्त्रण लिएका थिए । समाचार संकलन गर्न गएका अन्य पत्रकारहरुले बिरोध जनाएपछि प्रहरीले पत्रकार कामतीलाई छोडन बाध्य भए । समाचार संकलन गर्न गएका संचारकर्मीलाई समाचार संकलनमा अबरोध पुर्याइ प्रहरीले नियन्त्रणमा लिएको घटना प्रति संचारकर्मीहरुले आपती प्रकट गरेका छन् । पत्रकारलाई स्वतन्त्रपुर्वक समाचार संकलन गर्नमा प्रहरीको अवरोधलाई प्रेस स्वतन्त्रता प्रतिको प्रेस स्वतन्त्रता हनन् भएको संचारकर्मीहरुको ठहर छ । सिके राउतलाई राज्य विरुद्धको संगठित अपराध गरेको आरोपमा शुक्रबार म्याद थप गर्न जिल्ला अदालत ल्याएकै समयमा लहानमा राउत समर्थक २१ जनालाई समातेको र त्यस मध्ये स्वही दिन अबेर राती १५ जनालाई रिहागरेको थिए । बाँकी ६ जना राजकुमार यादव ९त्यागी०, अशोक यादव, रोशन यादव, राम शंकर यादव र सुरेश यादव विरुद्ध प्रहरीले राज्यविरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा दायर गरेकोछ । प्रहरीले मुद्दा चलाएपछि सिरहा जिल्ला अदालतमा म्याद थपको लागि पेश गरिएका छ जनालाई आइतबार अनुसन्धानका लागि १० दिन थुनामा राख्न अदालतले आदेश दिएको हो । इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक राजकुमार के.सी.ले बताएका छन् । आइतबार सोही आरोपमा म्याद थप गर्न जिल्ला अदालत सिरहामा ल्याएको समयमा प्रदर्शन गरिरहेका राउत समर्थक ११ जनालाई प्रहरीले पक्राउ गरेको र पक्राउ परेका मध्ये ९ जनालाई आइतबार साँझ ७ बजे छोडि सकेको र बाँकी दुई जनामाथि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिरेन्द्र ठाकुरले बताएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्