स्मार्ट निबन्ध लेखन प्रतियोगिता सम्पन्न
Advertise Here Book Now

फिरोज शेख , लहान माघ २८ - सिरहाको लहानमा रहेको जेएस मुरारका बहुमुखी क्याम्पस लहानमा शुक्रबार " परिवार नियोजन स्मार्ट बन्छ जीवन " विषयक स्नातक तहका छात्रछात्राहरुको निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ I USAID को सहयोग तथा HC3 सिरहाको आयोजनामा आयोजित उक्त प्रतियोगितामा ३८ जना स्नातक तहका छात्रछात्राहरुको सहभागी रहेको थियो I जसमा २९ जना छात्रा र ९ जना रहेका थियो i USAID सिरहा प्रतिनिधि भोला बिकेको अध्यक्षता तथा क्याम्पस प्रमुख तुलसी राम पोखरेलको प्रमुख आतिथ्यमा समपन्न प्रतियोगितामा ४ जना विजेता भएका छन् i विजेता हुनेहरुमा प्रथम रुबी कुमारी यादव , दोस्रो धर्मेन्द्र मण्डल , तेस्रो मनिषा चौधरी र सान्त्वना पुरस्कारमा माला कुमारी बिक विजेता भएका छन् i विजेता सम्पुर्णलाई प्रमाणपत्र , अविर लगाई प्रोत्साहन गरिएको छ i कार्यक्रममा क्याम्पसका सम्पूर्ण प्रध्यापक , विद्यार्थी , USAID सिरहाका फिल्ड अफिसर कुमार लम्साल लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधि संचारकर्मीको उपस्थिति रहेको थियो i कार्यक्रमका संयोजक प्रध्यापक कन्हैया भट्ट रहेका थिए i

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्