ओलीको रोड शो, मधेशी मोर्चाको लाठी शो
Advertise Here Book Now

दिनेश्वर प्रसाद गुुप्ता लहान १९, फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी २३ र २४ गते सिरहा सप्तरीलगायत राजमार्गमा रोड शो कार्यक्रम गर्ने भएकोले सोको विरुद्धमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्तरिक कसरत गरिरहेको खुलासा भएको छ । मोर्चाले ओलीको लक्षित गरी कालो झण्डा मात्रै नदेखाएर लाठी जुलुस प्रदर्शनको तयारीमा लागेको एक विशेष स्रोतले जनाएको छ । सो कार्यक्रम मोर्चाले मिर्चैया, गोलबजार—चोहर्वा र लहान केन्द्रित गरिने तयारीमा जुटेका छन् । उता, सप्तरीमा ‘राजविराज जाऔं, कालो झण्डासहित विरोध प्रदर्शन गरौं’ भन्ने नाराका साथ आगामी २३ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रदर्शन गर्ने भएको छ । मधेश र मधेशीलाई होच्याउने मधेश विरोधी विष वमन गर्ने नेकपा एमालेका नेता केपी शर्मा ओली फागुन २३ गते सप्तरी आउन लागेकोले त्यसलाई लक्षित गर्दै मोर्चाले प्रदर्शन गर्न लागेको हो । फागुन १९ गतेदेखि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले घोषणा गरेको भण्डाफोर अभिायनको प्रचार प्रसार गर्ने र तत्कालीन ओली नेतृत्वको सरकारले मधेशमा गरेका नरसंहार गरेको स्मरण गर्दै कार्यक्रमलाई सशक्त रुपमा अगाडि बढाउने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीका संयोजक दिनेश कुमार यादवद्वारा बुधवार जारी प्रेस विज्ञप्तिमा जनाईएको छ । फागुन १९ गतेदेखि सम्पुर्ण सप्तरीवासीले विरोध स्वरुप आ–आफनो घर तथा सवारी साधनहरुमा कालो झण्डा बाँधेर विरोध प्रदर्शन गर्ने, फागुन १९ गतेदेखि विभिन्न गा।वि।स। तथा प्रमुख हटिया वजारहरुमा कोण सभा सञ्चालन गरी भण्डाफोर अभियान सञ्चालन गर्ने, फागुन २२ गते सप्तरीको प्रमुख स्थान कञ्चनपुर, भारदह, हनुमाननगर, राजविराज, सखडा, पत्थरगडा, पातो, रुपनी, कठौना, विष्णुपुर र वोदे वर्साईन सहितको स्थानहरुमा मसाल जुलुस प्रदर्शन गर्ने निर्णय गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । फागुन २३ गते सप्तरीमा चक्का जाम गर्ने, फागुन २३ गते कञ्चनपुर, भारदह, राजविराज र रुपनीमा विहानैदेखि लाठी जुलुस प्रदर्शन गर्ने, तत्कालीन के।पी शर्मा ओली नेतृत्वको सरकारले मधेशमा गरेका नरसंहार तथा सप्तरीका आधा दर्जन सपुतहरुको विभत्स हत्या गरेको फोटो तथा विभत्स हत्याका ठाउँठाउँमा फोटो सहितको व्यानर झुण्डयाउने, उपरोक्त कार्यक्रमहरुका अतिरिक्त स्थानीय स्तरिय मोर्चा वा मोर्चाका घटक दलहरुले आवश्यकता अनुसार निर्णय गरी आन्दोलनका अन्य कार्यक्रमहरु सञ्चालन गर्न सकिने संयोजक यादवद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्