रविन्द्र मिश्र पार्टीको नाम ‘साझा पार्टी’, चुनाव चिन्ह ‘तराजु’
Advertise Here Book Now

फाल्गुन १९ । बीबीसी नेपाली सेवामा २२ बर्ष लामो पत्रकारिताको अनुभब बटुलेर नेपाली राजनीतिमा होमिएका रविन्द्र मिश्रले पार्टीको साझा पार्टी राख्ने भएको छ । अब, मिश्रलाई सम्झनुअघि एकपटक साझा बसलाई सम्झनुपर्ने भएको छ । पार्टीको चुनाव चिन्ह भने तराजु राखिएको छ । सबैले सजिलै चिन्ने र नबिर्सने चुनाव चिन्ह ‘तराजु’लाई साथमा लिएर उनी नेपाली राजनीतिलाई चुचुरोमा पु¥याउँने धोकोसहित पार्टी स्थापना गर्नमा लागेका छन् । सबैलाई आश्चर्य लाग्न सक्छ । अहिले दलहरुको नाम भटाभट हटिरहेको बेला उनले कसरी दल दर्ता गरे रु यस विषयमा मिश्र निकटका एक नेताले बताए अनुसार उत्तर सजिलै छ । ‘अहिले दल दर्ता त बन्द छ । तर, नाम र चुनाव चिन्ह सुरक्षित गर्न चाहेका छौं ।’ यससँगै पार्टी संयोजक मिश्र नै रहने गरि केहीदिन भित्रै पार्टीको औपचारिक घोषणा हुने उनले बताए । मासिक ७ लाख रुपैयाँ तलब, गाडी र परिवारको स्वास्थ्य विमासहितको सुखसयलको जीवन त्यागेका उनलाई राजनीति गर्न त्यति सजिलो नभएको सामाजिक सञ्जालमार्फत चौतर्फि आलोचना हुँदै छन् । तर, उनका आगामी राजनीतिका पाइलाहरु हेर्न बाँकी नै छन् । हाल उनी पत्नी र छोराका साथ काठमाडौंको भैसेपाटीमा बस्दै आएका छन् । उनले सञ्चारमाध्यमहरुलाई जानकारी गराएअनुसार दुईवटा घर भाडामा लगाएर आम्दानीको स्रोत बनाउने बताएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्