मधेशी मोर्चाको चेतावनी पछि झस्कियो एमाले, राजबिराजको कार्यक्रम स्थगित
Advertise Here Book Now

सप्तरी, २२ फागुन । मधेसी मोर्चाको चेतावनीपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले राजविराजमा गर्न लागेको सभालाई स्थगित गरेको छ । मधेशी मोर्चाका कार्यकर्ताले राजविराजमा एमाले अध्यक्ष केपी ओली सहभागी हुने कार्यक्रम विथोल्ने चेतावनी दिएपछि एमालेले अन्तिम समयमा आएर स्थगित गरेको हो । राजरंगशालामा गर्ने तयारी गरिएको कार्यक्रम तीन किलोमिटर उत्तर मलेठ गाविसस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा सार्ने तयारी गरिएको एमाले सप्तरीका अध्यक्ष गोविन्द न्यौपानेले बताए । एमालेले सोमबार फागुन २३ गते राजविराजस्थित राजरंगशालामा कार्यक्रम गर्ने तयारी गरेको थियो । औद्योगिक क्षेत्रमा कार्यक्रम गर्ने एमालेको तयारीपछि मोर्चाका कार्यकर्ताहरूको जुलुस आइतबार बिहानैदेखि त्यस क्षेत्रलाई घेराउ गरेको छ । मुलगेटमा टायर बाल्दै मोर्चा कार्यकर्ताहरू प्रदर्शन गरिरहेका छन् । कालो झण्डा, मोटरसाइकल र्‍यालीसहित मोर्चा कार्यकर्ताहरु प्रदर्शनमा छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्