सिरहामा मोर्चा र एमालेबीच भिडन्तको सम्भावना
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, २३ फाल्गुन । नेकपा एमालेको ‘मेची–महाकाली’ अभियानका कारण सिरहामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र एमालेबीच भिडन्तको सम्भावना देखिएको छ । 
झापाबाट शनिबारदेखि नेकपा एमालेले सुरु गरेको ‘मेची–महाकाली’ अभियान सिरहा पुग्ने दिन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सिरहा बन्दको आह्वान गरेको छ । मोर्चाले फागुन २४ गते सिरहा बन्दको आह्वान गरेकै दिन एमालेको मेचीकाली अभियान सिरहा आउने भएको छ । मोर्चाले घोषणा गरेको बन्द र एमालेको अभियान सिरहामा एकैदिन परेकोले दुवैबिच झडप हुने संकेत देखिएको छ ।








आज मोर्चाको मशाल जुलुस
Displaying 17125139_678777908961006_1045384068_n.jpg
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फाल्गुन २४ गते सिरहा आउने भएपछि त्यसको पुर्व संध्यामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मशाल जुलुस निकाल्ने तयारी गरेको छ । एमालेको बिरोधमा मोर्चाले फागुन २३ गते अर्थात आज (सोमबार) दिउँसो सिरहाका बिभिन्न शहरहरुमा मोटरसाइकल र्याली र साँझमा मशाल जुलुस प्रदर्शन गर्ने तयारी गरेको मोर्चा नेता रामदयाल यादबले बताए ।

सिरहामा २४ गते आमहडताल
Displaying 17022008_291031994648540_2179399698046223396_n.jpg
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले फाल्गुन २४ गते सिरहामा आमहडतालको आह्बान गरको छ । मधेश र मधेशी बिरोधी केपी शर्मा ओली ‘मेची–महाकाली’ अभियानका क्रममा फाल्गुन २४ गते सिरहा आउने तय गरेपछि मधेशी मोर्चाले बिरोध स्वरुप सिरहामा त्यहीँ दिन आमहडतालको घोषणा मोर्चाका नेता शत्रुधन प्रसाद सिंहले बताए ।

एमालेको कार्यक्रम स्थल अझैै अन्यौलमा
Displaying 17160852_678777905627673_215718739_n.jpg
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको यहि फाल्गुन २४ गते मेची महाकाली अभियानका क्रममा सिरहा आउने तय भएपनि कार्यक्रम कहाँ गर्ने भने अन्यौल कायमै रहेको छ । एमालेले जनता उमाबि पुरानो चौक चाहर्बामा कार्यक्रम गर्ने तयरी गरे पनि अन्यौल कायमै रहेको बताईएको छ । जनता उमाबिको प्रांगनमै एमाले र मोर्चाले आ–आफ्नो कार्यक्रम गर्ने तयारी गरेकोले मुठभेड्को हुन सक्ने भन्दै बिद्यालय प्रशासनले बिद्यालयको प्रांगनमा कार्यक्रम नगर्न आग्रह गरेका छन् । तर, एमालेले त्यहीँ बिद्यालयमा कार्यक्रम गर्ने दाबी गरेका छन् । एमालेका नेता कार्यकर्ताले उक्त बिद्यालयमा कार्यक्रम गर्ने तय गरेपछि मधेशी मोर्चाले पनि त्यही बिद्यालयलाई चिठी लेखि कार्यक्रम गर्न दिने भनेका छन् । यता, बिद्यालयलाई एमाले र मोर्चाबाट प्राप्त गरेको चिठीको जानकारी जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रशासन कार्यालय सिरहालाई गराईएको बिद्यालयले बताए । कार्यकम हुने दिन बिद्यालयमा कुनै क्षति भए त्यसको जिम्मेबारी जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई लिनु पर्ने बिद्यालयले बताए ।
Displaying 17141463_678777768961020_1186585324_n.jpg
सुरक्षामा हजार भन्दा बढी प्रहरी परिचालन
Displaying 17141751_678777725627691_19447172_n.jpg
नेकपा एमालेको ‘मेची–महाकाली’ अभियानलाई मध्यनजर गर्दै सिरहामा एक् हजार भन्दा बढी सुरक्षाकर्मी ब्यबस्था तैनाथ गरिएको छ । सिरहामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र एमालेबीच भिडन्तको सम्भावना देखिएकोले कुनै अप्रिय घटना हुन नदिन उचित सुरक्षा ब्यबस्था मिलाईएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक शेखर कोइरालाले बताए । सुरक्षाको लागि ५ सयको हराहारीमा नेपाल प्रहरी परिचालन गरिएको एसपी कोइरालाले दाबी गरे । सुरक्षालाई ध्यानमा राखदै बाहिरबाट पनि सुरक्षा कर्मी थप गरिएको उनले बताए । त्यस्तै, एमालेको कार्यक्रम र मोर्चाको बिरोधको कार्यक्रमलाई दृष्टिगत गर्दै ७ सयको हाराहारीमा सशस्त्र प्रहरी बल परिचालन गरिएको सिरहाका सशस्त्र प्रहरी उपरिक्षक चन्द्र प्रकाश भट्टले बताए ।














Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्