प्रहरीको गोली लागी सप्तरीमा ३ आन्दोलनकारीको मृत्यु
Advertise Here Book Now

सप्तरी, २३ फाल्गुण । सुरक्षाकर्मीको गोली प्रहारबाट  तीन  आन्दोलनकारीको मृत्यु भएको छ । नेकपा एमालेको मेची–महाकाली अभियानको विरुद्धमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता कार्यकर्ता र सुरक्षाकर्मीबीच सोमबार दिनभर झडप भएको थियो ।

झडपको क्रममा सुरक्षाकर्मीको गोली लागी मलेठ निवासी रंजन मेहताको मृत्यु भएको हो । यसैगरी प्रहरीको आश्रुग्यास र गोली प्रहारबाट दर्जनौं घाइते भएका छन् । 
UPDATED: 



काठमाडौं – एमालेको मेची–महाकाली अभियानको विरोध गर्ने क्रममा सप्तरीको राजविराजमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी बीचको झड्पमा गोली चलेको छ । प्रहरीको गोली लागेर मोर्चाका ३ जना कार्यकर्ताको मृत्यु भएको छ ।

मोर्चाका नेता एवं राष्ट्रिय मधेश समाजवादी पार्टीका सचिव गजेन्द्र मण्डलका अनुसार सप्तरीको मलेठमा पान पसल गर्दै आएका रञ्जन मेहताको मृत्यु भएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्