मोर्चा द्वारा भाटा जुलुस प्रदर्शन
Advertise Here Book Now

फिरोज शेख लहान २०७३ फागुन २५ - मधेश विरोधी गतिविधि गर्ने व्यक्तिका लागि चेतावनी सवरूप सिरहाको लहानमा बुधबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकर्ताले भाटा जुलुस प्रदर्शन गरेका छन्। लहानको आन्दोलन चौक बाट निस्केको सैयौ नेता तथा कार्यकर्ता सहभागी उक्त जुलुसले मधेशी दलाल होसियार , गृहमन्त्रि राजिनामा दे , प्रधानमन्त्रि राजिनामा दे , केपी ओली मुर्दावाद , यसपालिको हैजा मधेश विरोधी सबै नेता लाइ लैजा भन्दै चर्को नारावाजी गर्दै सप्तरी घटनाको विरोध गर्दै लहानको बिभिन्न भाग परिक्रमा गरि सहिद रमेश चौकमा कोणसभा मा परिणत भएको छ । कोण सभामा मोर्चाका बिभिन्न नेता तथा कार्यकर्ताले अहिलेको वर्तमान स्थितिको बारेमा मन्तव्य दिदै वर्तमान सरकार , नेकपा एमाले र गृहमन्त्रीको विरोध गरेका छन्। यसै बीच कुनै अप्रिय घटना नहोस भनि जिल्लाका सबै क्षेत्रमा स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउँदै चौतर्फी सुरक्षा व्यवस्था कडा बनाएका छन् । जुलुसको पछाडी - पछाडी प्रहरीको बाक्लो उपस्थिति रहेको थियो  । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्