अपहरण भएका भनिएका बालक मृत अबस्थामा भेटियो
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, १६ बैशाख । सिरहाको खोरीयाबाट अपहरण भएका भनिएका बालक मृत अबस्थामा फेला परेको छ । नरहा ३ खोरियाका भरोसी यादवको दुई वर्षिय छोरा रमन यादबको शब हत्या गरी गाडिएको अबस्थामा फेला परेको हो । बुधबार साँझदेखि घरबाटै बेपत्ता भएका बालकको अपहरण भएको आशंका गरेपनि शुक्रबार साँझ हत्या गरि खाल्डो खनि गाडिएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
आफ्नै घर नजिक रहेको भाण्टाबारीमा घाटीरेटी हत्या गरी खाल्डोमा गाडिएको अवस्थामा बालकको शब फेला परेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक गजुसिद्धि बज्राचार्यले बताए । प्रहरी र घर परिवार सम्भावित विभिन्न ठाउँहरुमा खोजतलास गरेपनि बच्चा भेटिएको थिएन । तर शुक्रबार साँझमा कुकुरले माटो खनेपछि गाउँमा दुर्गन्ध फैलिएपछि खोजतलाश गर्न लाग्दा बच्चा मृत अबस्थामा भेटिएको प्रहरीले जनाए । घटनास्थल पुगेर बच्चाको शव निकाल्दा घाटी रेटि हत्या गरेको देखिएकोले हराएकै दिन हत्या गरेको हुन सक्ने प्रहरीको भनाई रहेको छ । वच्चाको शव पोर्टमार्टमको लागि सिरहा जिल्ला अस्पताल पठाइएको जनाएको छ ।
यता, प्रहरीले घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको छ । अनुसन्धनमा असर पर्ने भन्दै नियन्त्रणमा लिएकाहरुको नाम खुलाउन प्रहरीले चाहेनन् । बालक हराएकै वेलादेखि अचेत अवस्थामा रहेका बालकका आमा २८ वर्षिय निराकुमारी यादव अहिलेसम्म वेहोस अवस्थामा नै रहेको छ । बालक हत्या गरिएको अवस्थामा फेला परेपछि पुरै गाउँ शोकमग्न भएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्