सिरहाको लहानमा निलगाई आतंक
Advertise Here Book Now

बैशाख १४ । लहान क्षेत्रमा निलगाईको ‘आतंक’ बढेपछि स्थानीय किसान चिन्तमा छन् । नजिकैको नौडेगा सामुदायिक बन क्षेत्रमा बासस्थान बनाएको निलगाईले बाली सखाप पार्न थालेपछि उनीहरु खेती गर्न नै निरुत्साहित भएका हुन् । स्थानीयले हैरानी ब्यहोरेपनि संरक्षित जनावरको व्यवस्थापनमा सरकारी निकायले पर्याप्त ध्यान भने दिएको छैन । निलगाईको ‘आतंक’पछि बढेपछि लहान नगरपालिका–१७ छरापट्टी गाउँका किसान खेती गर्न नै निरुत्साहित भएका छन् । नजिकैको नौडेगा सामुदायिक वनमा बासस्थान बनाएका सयौ निलगाई राति खेतमा पस्छन् । र, अन्नबाली सखाप पार्छन् । करिब १० कठ्ठामा लगाइएको लौका जोगाउन यि रामनारायण महतोले सानो फुसको घर नै बनाएर दिनरात रुगे । तर, टिप्ने बेला भएपछि निलगाईले सबै सखाप बनाई दियो । समय, परिश्रम र आर्थिक लगानी ‘बालुवामा पानी’ झै भयो । सिरहाको नौडेगा, छरापट्टी, कटहा र करैया तथा सप्तरीको चकदह, प्रमाणपुर, टिकुलिया र पटेर्बामा निलगाईको ‘आतंक’ बढी छ । यस क्षेत्रका करिब ५÷६ सय विगहा जग्गामा किसानलाई खेती गर्न समस्या छ । राति बाली कुर्न नसक्ने किसानले त खेती गर्नै छाडिसकेका छन् । निलगाइले क्षति नगरोस् भनेर पहिले रातभरी खेतमा टर्चलाइट बालिन्थ्यो । तर, टर्च लाइटको उपाय पनि क्रमशः काम नलागेपछि किसान रातभर खेतमै बिताउँछन् । बढ्दो बन बिनासले चरन क्षेत्र अभाव भएपछि निलगाई खेततर्फ आकर्षित भएको स्थानीयको बुझाइ छ । विनास रोकेर बन क्षेत्रलाई तारबार गरे आतंक घट्ने बताउने स्थानीय आफ्ना समस्यामा सरकारी निकाय ‘मौन’ रहेको गुनासो गर्छन् । संरक्षित जनावर निलगाईलाई करेन्ट लगाएर मार्न खोजेको भन्दै कतिपयलाई स्थानीय प्रशासनले मुद्दा लगाउने प्रयास गरेपछि किसान दोहोरो मारमा परेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्