नयाँ शक्तिसहितका दलद्धारा सिरहा निर्वाचन कार्यालय घेराउ
Advertise Here Book Now

आशिक शाह सिरहा, २१ चैत। आज सिरहा सदरमुकामस्थित जिल्ला निर्वाचन कार्यालय नयाँ शक्ति पार्टी, नेपालले घेराउ गरेको छ । चर्को घाममा कार्यालय अगाडी त्रिपाल टाँगेर नयाँ शक्ति पार्टी नेपालका नेता तथा कार्यकर्ता धर्ना बसेको हो ।उक्त धर्नामा वैद्य नेतृत्वका नेकपा क्रान्तिकारी माओवादीका नेता तथा कार्यकर्ता समेत सहभागी थिए।उनीहरुले दिउँसो ५ बजेसम्म धर्ना बसेको थियो।निर्वाचन आयोगमा दर्ता भएको नयाँ दललाई संविधानप्रदत्त पाउनुपर्ने दलीय चुनाव चिन्ह पाउने अधिकारबाट बञ्चित गरेको भन्दै नयाँ शक्ति नेपालका नेता तथा कार्यकर्ताहरु धर्ना बसेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्