पाँच गाविस बोदेबर्साइन नपामा नरहने भन्दै जनताहरु द्वारा प्रदर्शन
Advertise Here Book Now

आशिक शाह सिरहा, २१ चैत।सप्तरीको जिल्लाको मल्हनियाँ, नेंगडा, मौवाह बेल्ही, रौतहट र रामनगर गाविसका जनताहरु बोदे बर्साइन नगरपालिकामा नबस्ने भन्दै आइतबार राजविराजमा बिरोध प्रर्दशन गर्दै जिल्ला प्रशसन कार्यालय सप्तरीमा ज्ञापन बुझाएका छन् ।ती गाविसका जनताहरु बोदे बसाईन नगरपालिकामा नबस्ने भन्दै छुट्टै गाउँपालिकाको माँग गर्दै बिरोध प्रदर्शन गरेका हुन् । स्थानिय शिवमन्दिरको प्राङ्गनबाट निकालिएको बिरोध प्रदर्शनले राजविराज नगरको परिक्रमा गरेको थियो । सो बिरोध प्रदर्शनमा सप्तरी क्षेत्र नं. ६ का निर्वाचित काँग्रेस सांसद सुरेन्द्र यादव समेतको सहभागिता रहेको थियो ।क्षेत्र नं. ६ का बिहुल नदी पश्चिमका पाँच गाविसहरुको आफ्नै भौगोलिक, समरुपता र जनसंख्यात्मक घनत्व हुदाँहुदै पनि पाँच गाविस मिसाएर एक गाउँपालिका नबनाएको प्रति शान्तिपूर्ण आन्दोलनमा उत्रनु परेको बाध्यता रहेको बुझाइएको ज्ञापनमा उल्लेख गरिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्