लागूऔषध सहित युवक पक्राउ
Advertise Here Book Now

आशिक शाह सिरहा, २१ चैत। प्रहरीले सिरहाको ईटहर्वा-६ बाट आईतवार साँझ ठुलो परिमाणको लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सोही ठाँउ बस्ने १७ बर्षिय राज कुमार यादव रहेका छन्। उनको साथबाट प्रहरीले पत्रीकामा पोको पारी झोला लुकाएर ल्याउँदै गरेको २ सय ९६ एम्पुल, डाईजेल्याव २ सय ९८ एम्पुल, लुपिजेसिक १ सय ९७ एम्पुल, नोफिन १ सय ३ एम्पुल लागूऔषध फेलापारी नियन्त्रणमा लिईएको हो।साईकलमा सवार यादवलाई इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले भारतीय बजारबाट नेपालतर्फ आँउदै गरेका अबस्थामा शंकालागी चेकजाँच गर्नेक्रममा सो परिमाणको लागूऔषध फेलापारी बरामद गरेको हो।यादवउपर थप अनुसन्धान भईरहेको उक्त कार्यालय जनाएको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्