फेरी नापी कार्यालय धनुषामा अख्तियारको छापा, घुस सहित पक्राउ नापी सर्वेक्षक रामलोचन ठाकुर पक्राउ
Advertise Here Book Now

आशिक शाह चैत्र २२ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगको कार्यालय बर्दिबासको टोलीले फेरी नापी कार्यालय धनुषामा छापा हान्दा नापी सर्वेक्षक रामलोचन ठाकुरलाई २२ हजार रुपैयाँ घुससहित पक्राउ छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका बर्दिबासका प्रहरी उपरीक्षक राजकुमार लम्सालको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको हो। सेवाग्राहीले दिएको गोप्य सूचनाको आधारमा सर्वेक्षक ठाकुरलाई घुससहित रंगेहात पक्राउ गरेको बताइएको छ। धनुषाको एकराहीका जग्गा सम्बन्धमा सर्वेक्षक ठाकुरले पैसा लिएका थिए । एकजना सेवाग्राहीले तीनजनासँग जग्गा लिई एउटै कित्ता बनाउन खोजेको बेला ठाकुरले घुस माँगेको थियो । यसबारेमा थप अनुसन्धान भइरहेको र भ्रष्टाचार निवारण ऐन अनुसार मुद्दा दायर गरी कारबाही प्रक्रिया अगाडि बढाइने एसपी लम्सालले बताएका छन। यसअघि गएको आइतबार मात्रै नापी कार्यालय धनुषाकै अमिन कृष्ण जोसीलाई सेवाग्राहीबाट लिएको ३० हजार रुपैयाँ नगद घुससहित अयोगले पक्राउ गरेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्