सिरहाको दुई स्थानमा सवारी दुर्घटना, ५ घाइते
Advertise Here Book Now

आशिक शाह चैत्र २२ । सिरहाको धनगढीमाई नगरपलिका-९ स्थित लोकमार्गमा सोमबार दिउँसो दुई मोटरसाइकल आपसमा ठोक्किदा तीन जना घाइते भएका छन्।पूर्वबाट पश्चिमतर्फ जादै गरेको स ३ प ४४५५ नम्बरको मोटरसाइकल र सोही दिशबाट आउँदै गरेको ना ४५ प ७७७९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो।दुर्घटनामा ७७७९ का चालक धनगढीमाई नगरपालिका-४ का सलिम र पछाडी सवार निजकै बहिनी २३ बर्षिय सैनुन खातुन घाइते भएका छन्। उनीहरुको विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ भने ४४५५ नम्बरको मोटरसाइकल चालक पोखरभिन्डा- ३ बस्ने २५ बर्षिय परमिन्द्र कामैत समेत घाइते भएकाले स्थानिय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धनगढीकोले जनाएको छ। यता धनगढीमाइ नगरपालिका १० स्थित लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ आउदै गरेको स ७ प ५१३ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँकी २१ बर्षिय अशोक कुमार साह घाइते भएका छन्।दुर्घटनामा स्कुटर चालक गोलबजार नगरपलिका-५ बस्ने ४० बर्षिय बबिता साह समेतको घाइते भएकाले दुवैको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्