अज्ञात व्यक्तिद्धारा मोटरसाइकलमा आगजनी
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, १६ असार । मिर्चैयामा गएराति (विहिवार) अज्ञात व्यक्तिले एउटा मोटरसाइकलमा आगजनी गरेको छ । मिर्चैया ५ थाना चौकमा छोटु पान पसल संचालन गर्दै आएका शिबनन्दन साहको स २ प ९५९९ नंम्बरको मोटरसाइकलमा आगजनी गरिएको छ । राति पसल बन्द गरि पसलको छेउमा मोटरसाईकल राखिएको अबस्थामा अज्ञात व्यक्तिहरुले आगजनी गरेको पिडित साहले बताएको छ । आपसी रिसिबीको कारणले मोटरसाइकलमा आगजनी गरिएको हुन सक्ने पिडित साहको भनाई रहेको छ । यता, मोटरसाइकलमा आगजनी गरेको आरोपमा ३ जनालाई नियन्त्रणमा लिई अनुसान्धान गरिरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्यले बताए । अनुसन्धानमा असर पर्ने भन्दै पक्राउ परेकाहरुको नाम गोप्य राखिएको डिएसपी बज्राचार्यले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्