मिर्चैया गुदरी बजारको ठेक्का अन्यौलमा
Advertise Here Book Now

राम नारायण पण्डित सिरहा, ०८ श्रावण । गोप्य रुपमा ठेक्का लगाएको भन्दै मिर्चैया उद्योग बाणिज्य संघ लगायत स्थानियहरुले बिरोध गरेपछि मिर्चैया गुदरी बजारको ठेक्का अन्यौलमा परेको छ । बिना कुनै सार्बजनिक सुचना जारी गरि ठेक्का लगाईएकोले ठेक्का रद्ध गर्न माँग गर्दै मिर्चैया उद्योग बाणिज्य संघ र स्थानियहरुले नगरपालिकामा तालाबन्दी गर्न तयारी गरेपछि नगरपालिकाले चासो देखाएको छ । मिर्चैया नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र कार्की काम बिशेषले जिल्ला बाहिर रहेकाले आज नगरपालिकाका लेखापाल देबेन्द्र प्रसाद यादब, उद्योग बाणिज्य संघ रामनगर मिर्चैयाका अध्यक्ष हरीशंकर साह र  रेडियो धड्कन मिर्चैयाका प्रबन्ध निर्देशक अंजय कुमार साह लागयत स्थानियहरुको उपस्थितमा बसेको बैठकले १५ गते ठेक्का सम्बन्धि छलफल गरिने निर्णय गरिएको छ । बैठकले १५ गतेसम्म बजारको बटि (शुल्क) असली गर्न समेत रोक लगाएको छ । मिर्चैया नगरपालिकाले सार्बजनिक सुचना जारी नगरी गोप्य रुपमा मिर्चैया ५ मा रहेको गुदरी बजारको ठेक्का लगाएपछि स्थानियहरुले ठेक्का रद्ध गरी पुनः ठेक्का आहबान गर्न माँग गर्दै नगरपालिकामा निबेदन दिएको छ भने उद्योग बाणिज्य संघ मिर्चैयाले पनि बिज्ञपती जारी गर्दै ठेक्का रद्ध गर्न माँग गरेको छ । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्