पशु कार्यालय सिरहामा अनियमिताको गन्ध
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान, ११ साउन । पशु सेवा कार्यालय सिरहामा अनियमिता बढेपछि स्थानीयहरु आक्रोशित भएका छन् । आक्रोशित एक समूहले अस्ति पशु सेवा कार्यालयका सहायक प्रमुख रामप्रकाश यादवमाथी हातपातको प्रयास गरेको छ । पशु सेवा कार्यालय सिरहाको लागि बार्षिक बजेटबारे सोधखोज गर्न गएका रामप्रसाद यादवसहितको एक समूहले सहायक प्रमुख रामप्रसादसंग विवाद हुंदा हातपात भएको जानकारीमा आएको छ । सिरहा पशु पालन व्यावसायी संघका अध्यक्ष राजाराम यादवका अनुसार गोठ सुधार कार्यक्रमको विषयमा विवाद हुंदा पशु कार्यालयका रामप्रकाश माथी हातपातको प्रयास भएको दावी गरेका छन् । उनले भने २ लाखको उक्त कार्यक्रम अन्र्तगत अरुलाई ५० हजारको लेनदेन गर्न खोज्दा यिनीहरुबीच विवाद भएको थियो । यसवारे पशु सेवा कार्यालयको फोन नम्बर ०३३—५२००५८ र कार्यालय प्रमुख डा.काशिनाथ यादवका नम्बर ९८५२८३४४११ मा पटक पटक सम्पर्क गर्दा फोन उठाउंन चाहेन । स्रोतका अनुसार यस बर्ष ४ करोडको कार्यक्रम रहेको अनुमान गरिएको छ । तर, २ करोड पनि खर्च नभएको दावी गरिएको छ । खर्च गरिएको रकममा नक्कली विल भर्पाई बनाएको र कति कार्यक्रम नगरीकन नै विल भर्पाईको तयारी गरिएका संघका अध्यक्ष यादवले दावी गरेका छन् । आएको बजेटले जिल्लामा असारे विकास भएको छ । जिल्ला पशु सेवा कार्यालयले गाई गोरु, भैंसी रागो ,बाख्रा ,बंगुर, संगुर ,कुखुरा ,दुध ,मासु उत्पादन, घांस, परम्परागत पशुपंक्षी पालनलाई निरुत्साहित गरि ब्यबसायिक पालनले तिब्रता उत्पादनको बार्षिक बजेट आउंने गरेको छ । स्मरण होस् हिउदे घाँस जौ तथा वर्षिम घाँसको बिउ वितरणमा अनियमितता भएको भन्दै यहाँका कृषकहरुले जिल्ला पशु सेवा कार्यालय सिरहामा केही महिना पहिले तालाबन्दी गरेका थिए । कार्यालयको आ.व. २०७३ र ०७४ को स्वीकृत कार्यक्रम तथा केन्द्रिय कार्यालयबाट प्राप्त प्रथम चौमासिकको अवधिमा वितरण गरेको हिउदे घाँस जौ तथा वर्षिम घाँसको बीउ वितरणमा अनियमितता गरेकोले किसानहरु बाध्य भएर तालाबन्दी गरेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्