तिलाठीवासी शाेकमा : एकै परिवारका ५ जनाकाे मृत्यु
Advertise Here Book Now
राजविराज,१२ कर्तिक lछोराबुहारीलाई विदा गरेर बसेका तिलाठी-कोइलाडी गाउँपालिका १ तिलाठीका ८५ बर्षीय पण्डित रमानाथ झा ‘हामी काठमाडौं पुग्यौं है’ भन्ने फोनको पर्खाइमा थिए ।तर, उनलाई छोराको त्यो बोली कहिल्यै सुन्न नपाउने भएका छन् । झाका छोरा बुहारी, नातीहरु सवार बस त्रिशुली नदीमा खसेको छ l
तिलाठी काेईलाडी गाऊपालिका १ तिलाठिका सँजित झा ५ जना अाईतवार देखि अाैफिस सुरू गर्नकाे लागि घरवाट काठमान्डाै लागि हिडेका थिए ।
राष्ट्रिय बाणिज्य बैंक गौशाला शाखामा प्रबन्धकको रुपमा कार्यरत झा सहित उनका पत्नी सिमि झा १० वर्षा छाेरा अभिनव ४ वरषका छाेरा प्रतिक भाई अनजित साली पुजा सालाे बिटु एउटै बसमा चठेर गईरहेकाे थियाे ।
तर सँजित सहित काेही पनि काठमानडाै पुगेन,उनीहरू ना ६ख १४६७ नम्वरकाे सन्देश गाडीवाट जाँदै गर्दा अाईतवार बिहान त्रिसुलीमा खसेपछि
बसमा सवार सँजित, उनका भाइ, पतनी दुई छाेरा र साली सबैकाे मृत्यु भईसकेकाे छ ।
गाउँले पनि शोकमा छन् । वडाध्यक्ष दिनेश्वर मिश्रले तिलाठी गाउँमा ठूलो बज्रपात परेको बताए । उनले भने, ‘गाउँका सबै जनाको आँखा रसाएको छ । बिहानै खबर सुनेकाले गाउँका सबै भोको बसेका छन् ।’
संजित राष्ट्रिय बाणिज्य बैंक गौशाला शाखामा प्रबन्धक थिए भने उनका भाइ अन्जित निजी कलेजहरुमा पढाउँथे । संजीतका सालो बिटु र साली पूजा काठमाडौंमा अध्ययन गरिरहेका थिए ।
संजित राष्ट्रिय बाणिज्य बैंक गौशाला शाखामा प्रबन्धक थिए भने उनका भाइ अन्जित निजी कलेजहरुमा पढाउँथे । संजीतका सालो बिटु र साली पूजा काठमाडौंमा अध्ययन गरिरहेका थिए ।
संजितकी पत्नी सिमी र दुई छोरा उनीसँगै काठमाडौंमै बस्थे । झा परिवार दीपावलीका लागि तिलाठीस्थित घर आएका थिए । दीपावली र छठ मनाएर काठमाडौं जाँदै गर्दा दुर्घटनामा परे ।