हारको डरले संजय टकलालाई बदनाम गर्न खोजीएको हो : यादव
Advertise Here Book Now

कार्तिक १२। जनकपुर हत्या काण्डका आरोपित पुर्व सांसद तथा चर्चित युवा नेता सन्जय साह (टकला) जेल बाट उम्मेदवारी दिने निश्चित भएको छ । नेता साह जेल बाट आफ्नै पुरानो पार्टी (मधेश क्रान्ती फोरम) को तर्फबाट स्वतन्त्र उम्मेदवारी दिने निश्चित भएको छ ।
चुनावको मुखमा आफुँ प्रति विभिन्न मिडियामा आएको समाचारहरु सत्य तथ्य नरहेको र जनता माझ विभिन्न राजनीतिक दल तथा विपक्षीहरुले बारमबार बदनाम गर्न लागेको समेत जानकारी दिए । आफुँ विरुद्ध साजिस रच्ने राजनितीक दल र विपक्षीलाई यसै चुनावबाट मुहतोड जवाब दिने र जनताको मनोभावनालाई कदर गरि आफुँ चुनावमा उठ्ने निधो गरेको समेत बताए ।
जनकपुरमा निकै बलियो पकड बनाएका नेता साह जेलबाट धनुषाको क्षेत्र नं. ३ को ”क” बाट नेपाली कांग्रेसको विमलेन्द्र निधि विरुद्ध उम्मेदवारी दिने उनि निकट युवा नेता नविन यादवले बताए । यादवका अनुसार चुनाव चिन्ह अहिले टुंगो न लागेको र निर्वाचन आयोगले दिए अनुसारकै चिन्ह लिएर चुनावी मैदानमा उत्रिने बताए ।
साहको जनकपुरमा ठुलो संख्यामा भोट ब्यांक रहेको र उनी विरुद्ध काँग्रेस र तत्कालिन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र उनका समर्थकहरुले षडयन्त्र गरेको अवस्थामा जेल बाट उम्मेदवारी दिई जनताको भरपुर सहानुभुति प्राप्त हुने अपेक्षा गरिएको बताए ।
आफुँ एक सच्चा मधेशी नेता भएको हुनाले कहिले मधेश को मुद्दा न त्यागने र मधेश मुद्दाको वकालत गरेकै हुनाले आफुलाइ फसाईएको समेत आरोप लगाए ।
साह एउटा ठूलो जन्यधर बोकेको नेता हो र वहाँ युवा, गरीब, असहाय र मधेशी जनताको मनमा बसेको हुनाले बिपक्षीहरुलाई हारको डरले छटपटाहट सुरु भैसकेको आफुँहरुले महसूस गरेको युवा नेता नविन यादवले बताए ।
मिडियालाई पैसा खुवाई आफुँहरु प्रती बारम्बार भ्रामक सामाचार सम्प्रेषण गर्न लगाई चुनावको मुखमा जनता माझ आफुँहरुलाई बदनाम गर्न खोजिएको प्रती  यादवले घोर भत्सर्ना समेत गर्नु भयो ।
News

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्