कतारमा एक नेपाली कामदार को मृत्यु
Advertise Here Book Now

ऑनलाइन सिरहा कार्तिक १ | बैदेशिक रोजगारको लागी सप्तरीबाट कतार गएका एक नेपालीको सड़क दुर्घटना मा परी मृत्यु भएको छ | मृत्यु हुनेमा सप्तरीको तिलाठी कोलाड़ी गाऊ ४ बसने वर्ष २७ को बिमलेश मंडल रहेको स्थानीयले जानकारी दिनु भयो | बिमलेश ६ महिना अगाडी रोजगारीको लगी कतार जानुभएको थियो |
उहालाई गएराती एक अनजान गाडीले ठक्कर मारी भागेका कारण गाडीको नम्बर खुल्न नसकेको बताएको छ | सोही जिल्ला बस्ने किसुन मण्डलको सहयोगमा अली ओभारसिज इटहरीमार्फत २०७३ चैत महीनामा उहा कतार जानुभएको थियो| उहाको शब नेपाल ल्याइदिनको लागी सम्बन्धित निकाय र नेपाल सरकारलाई परिवारले आग्रह गरेका छन |   

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्