यौन दुराचार आरोपी शिक्षकलाई उम्काउने प्रयास
Advertise Here Book Now

सिरहा, २८ कार्तिक । स्थानीय जनता माध्यमिक विद्यालय, गोलबजार ८ का एक शिक्षकले आफ्नै विद्यार्थीमाथि यौन दुराचार गरेको अभियोग लागेको छ । विद्यालयका प्रा।वि। शिक्षक हरिनारायण महतोले ६ कक्षामा अध्ययनरत एक छात्रालाई यौन दुराचार गरेको अभिभावकको आरोप छ । अभिभावकले सोमबार विद्यालयमै आएर उजुरी गरेका थिए । पीडितले आइतबार विद्यालयबाट घर पुगेर आमालाई रुदै शिक्षकले आफूलाई शरिरका विभिन्न भागमा सुमसुम्याएको भनेपछि अभिभावक उजुरी गर्न सोमबार विद्यालय पुगेका थिए । अभिभावकको उजुरीपछि आज ९मंगलबार० विहानैदेखि स्थानीय बुद्धिजिवी, जनप्रतिनिधी, विद्यालयका प्र।अ। व्रम्हदेव प्रसाद सिंह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवु महतो र इलाका प्रहरी कार्यालय गोलबजारका असई रेमती महतो सहितको उपस्थितिमा घटना मिलाउन छलफल चलिरहेको बताइएको छ । घटना सार्वजनिक भएपछि आक्रोशित स्थानीय युवा तथा विद्यार्थीहरुले विद्यालयमा ताला लगाएका छन् । तालाबन्दका कारण जारी अर्धवार्षिक परीक्षा समेत स्थगित भएको छ । पीडक शिक्षकलाई कार्वाहीको माग गर्दै सिरहाको चोहर्वामा चक्काजाम गरिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्