राजेन्द्र महतोको आफ्नो जिल्लामा त हैसियत छैन्, जनकपुरमा जनताले जवाफ दिन्छन्: निधि
Advertise Here Book Now

जनकपुर । नेपाली कांग्रेसका नेता एवम् धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेद्धवार विमलेन्द्र निधिले एमाले–नेकपा माओवादी केन्द्रको कम्युनिष्ट गठबन्धनले बुहमत कुनै हालतमा ल्याउन नसक्ने ठोकुवा गरेका छन् । उनले भने, ‘उनीहरुले बहुमत त ल्याउन सक्दैनन्, कहाँबाट दुई तिहाई आउँछ ? यो सबै हावा प्रचारवाजी हो ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले जनकपुरमा आयोजना गरेको चुनावी विशेष अन्तरक्रियामा बोल्दै निधिले भने, ‘हेर्दै जानुहोस्, देशभरि नै कांग्रेसका उम्मेद्धवारहरु विजयी हुन्छन्, हामी बहुमत आरामले ल्याउँछौं, एमाले र माओवादीले भनेजस्तो दुई तिहाईको कुरा यी सबै प्रचारवाजी मात्रै हुन् ।’

उनले अहिलेको चुनावलाई सामन्य चुनावको रुपमा मात्रै नहेर्न आम मतदाताहरुसँग आग्रह गरेका छन् । उनले भने, ‘यो चुनाव भनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था रहने कि एकदलीय निरंकुशता शासन रहने भन्ने फैसला पनि हो, एमाले र माओवादी केन्द्रले एउटै कम्युनिष्ट पार्टी निर्माण गरेर एकदलीय कम्युनिष्ट गणतन्त्र स्थापना गर्ने चाहना राखेका छन्, त्यसैले यो चुनाव त्यो व्यवस्था राख्ने कि लोकतान्त्रिक व्यवस्था राख्ने भन्ने वीचको लडाई पनि हो ।’

उनले आफ्नो पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई कायम राख्ने र यसको लागि कांग्रेसले अगुवाई गरिरहेको समेत जिकिर गरे । उनले भने, ‘यो प्रणालीलाई बलियो बनाउनको लागि हामी लागिपरिरहेका छौं, तर अहिलेको संविधानलाई खारेज गरेर एमाले–माओवादीले कम्युनिष्ट शासन ल्याउने चाहाना राखेका छन्, त्यसैले कुन व्यवस्थालाई बलियो बनाउने भन्ने जनताको हातमा छ ।’

उनले आफू विद्यार्थी कालदेखि नै काँग्रेसबाट जनताको लागि संघर्ष गरेको व्यक्ति भएको उल्लेख गर्दै प्रजातन्त्रको लागि पटक–पटक जेल गएको सुनाएँ । उनले थपे, ‘जनताको लागि जेल गएको हुँ । लडाई गरेको छु, लोकतन्त्र, संघीयता, गणतन्त्र, संविधानको लागि मैले आफ्नो तर्फबाट ठूलो भूमिकानिर्वाह गरेको छु, त्यसैले यहाँका जनताले मलाई भोट दिनुहुन्छ ।’

त्यस्तै उनले जनकपुरका गाउँगाउँमा आफूले पक्की बाटो र कलेजहरु बनाएको पनि दाबी गरे । त्यस्तै जनकपुर–ढल्केवर ६ लेनको बाटो, हवाई सेवा विस्तारदेखि लिएर अन्यकामहरु समेत गरेको उल्लेख गर्दै उनले आफूले गरेका सबै कामहरु जनतालाई राम्रोसँग थाहा भएकोले आफूलाई भोट हाल्ने विश्वास व्यक्त गरे । राजश्री विश्वविद्यालय बनाउन मैले सफलता रुपमा काम गरेको छु ।

उनले धनुषाको चार वटै क्षेत्रमा कांग्रेसले जित्ने दाबी समेत गरे । उनले थपे,‘जनकपुरका मतदाताले मलाई र रुख छापामा भोट दिन्छन्, हामी ४ वटै क्षेत्रमा जित्छौं ।’

उनले वाम गठबन्धनले दुई तिहाई ल्याउने र सरकार बनाउने भनेर झुटो प्रचार गरेको समेत आरोप लगाए । उनले थपे, ‘जनता यो संविधान टिकाउन चाहन्छन्, उनीहरुको दुई तिहाईको कुरै छोडिदिऔं, बहुमत ल्याउन पनि सक्दैन्न, यो तपाई लेखेर राख्नुहोस्, कांग्रेसले बहुमत ल्याउँछ।’

राजेन्द्र महतोलाई जनकपुरले स्वीकार्दैन

उनले राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो बाहिरिया मान्छे भएकोले जनकपुरवासीले उनलाई नस्विकार्ने दाबी गरे ।

उनले भने,‘बाहिरिया मान्छे हामीलई चाहिँदैन भनेर यहाँका जनताले भनिसकेका छन्, राजेन्द्र महतो त आफ्नो जिल्लामा हैसियत नभएको मान्छे हो, उहाँ त गालीगलौजको भाषा बोल्नुहुन्छ अरे, मैले मिडियाको माध्यमबाट यही कुरा सुनेको छु, तर म गाली गलौजको भाषाप्रयोग गर्न चाहन्न किनकी मिथिलाको मान्छे हुँ, यहाँ गालीगलौजको भाषा चल्दैन। महतोलाई यहाँको जनतालाई जवाफ दिन्छन् ।’

महतोले आफूलाई हराउनको लागि यहाँ आएको भनेर अभिव्यक्ति दिएको उल्लेख गर्दै भने, ‘उहाँ त मलाई हराउनको लागि आउनुभएको छ अरे, तर म चुनाव लड्दैछु, जनकपुरलाई राजधानी बनाउनको लागि, राजश्री विश्वविद्यालयबनाउनको लागि, ६ लेनको बाटो बनाउनको लागि, मेरो उद्देश्य भनेको जनकपुरलाई जिताउने हो ।’

उनले चुनावपछि लोकतान्त्रिक गठबन्धन बलियो बन्ने समेत विश्वास व्यक्त गरेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्