नेपाली व्यापारीमाथी सीमावर्ती क्षेत्रमा गोली प्रहार
Advertise Here Book Now

३० कात्तिक, सर्लाही ।सर्लाही सदरमुकाम मलंगवाका एक व्यापारी माथी भारतीय भूमीमा गोली प्रहार भएको छ । सदरमुकाममा थोत्रा सामान संकलन गरेर व्यापार गर्दै आएका मलंगवा नगरपालिका– ९ बस्ने ३७ वर्षीय राकेश चौधरीमाथी गोली प्रहार भएको हो । भारतको सोनवर्षाबाट मलंगवा फर्किने क्रममा गएराती ८ बजेतिर भारतको सीतामढी जिल्ला स्थित चिलरा मोडमा नचिनेका मानिसले जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । पेट बायाँपट्टी गोली लागेर घाईते भएका चौधरीलाई जिल्ला अस्पताल मलंगवामा सामान्य उपचारगरि नेशनल मेडिकल कलेज वीरगञ्ज रेफर गरिएको सर्लाहीका प्रहरी प्रमुख एसपी मसउद आमल खाँ ले जानकारी दिनुभयो । व्यापारी माथी गोली प्रहार गर्नेहरुको सर्लाही प्रहरी र भारतको सोनवर्षा प्रहरीले खोजी गरिरहेका छन् । घटना भारतमा भएपनि घटना संलग्नहरुको खोजी गर्न आफूहरुले पनि सहयोग गरिरहेको एसपी खाँ ले बताउनुभयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्