बारामा मदिराजन्य पदार्थ बिक्रि बिवरणमा रोक
Advertise Here Book Now

बारा,  मंसिर  बारामा मदिराजन्य पदार्थ बिक्रि बितरणमा रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय बारामा प्रमुख जिल्ला अधिकारी बिजयनारायण मानन्धरको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले निर्वाचनसम्मका लागी मदिराजन्य पदार्थ बिक्रि बितरणमा रोक लगाउने निर्णय गरेको हो ।

मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दे जिल्लामा मदिराजन्य पदार्थ बिक्रि बितरणमा रोक लगाईएको बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले पलखबरलाई जानकारी दिनुभयो ।

बैठकले निर्वाचनलाई शान्तिपुर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्नपनि सबैमा महत्वपुर्ण भुमिका निर्वाह गरिदि
न आग्रह गरेको छ । सुरक्षा समिति बाराको बैठक मंसिर ५ गते बसेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्