प्रहरीमाथि गोली प्रहार गरि भागेका तीनजना धनुषा प्रहरीको फन्दामा
Advertise Here Book Now


जनकपुरधाम, मंसिर ११ गते ।सिरहामा प्रहरी जवानमाथि गोली प्रहर गरि फरार तीन जनालाई एक दिन नवित्दै धनुषा प्रहरीले हतियार सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको सहिद नगरपालिका १ वेमर्खीकै तीन जना छन् । स्थानीय ३२ वर्षका शिवकुमार राय, २८ वर्षका मनोजकुमार राय र १८ वर्षका सुरेन्द्रकुमार राय रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 
धनुषा प्रहरीका अनुसार तीनै जनालाई सोमबार विहान सहिन नगरपालिका २ स्थित चिरैयाचोकमा चेकजाँचको क्रममा पक्राउ गरेको हो । उनीहरुको साथबाट एकथान चाईनिज पेस्तोल र त्यसमा प्रयोग हुने एक थान म्याग्जिन , १ सय ५० ग्राम व्राउनसुगर , (स ५ प ९२३९ र ज ६ प ९०५३ को दुई थान मोटरसाईकल , तीन वटा मोवाईल र त्यसमा प्रयोग हुने तीन वटा सीमकार्ड बरामद भएको जनाएको छ । उनीहरुलाई लागुऔषध तथा हातहतियार मुद्धामा म्याद थप भई आवश्यक अनुसन्धान कार्य जारी रहेको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।
गत आईतवार दिउँसो करिब २ बजेको समयमा सिरहाको पश्चिमवर्ती कल्याणपुर नगरपालिका ५ निर्दनाघाटमा चेकजाँचको क्रममा उनीहरुले गोली प्रहार गरि एक म्यादी र एक प्रहरी घाइते बनाई भागेको प्रहरीको भनाई छ । गोली प्रहारबाट ३३ वर्षीय प्रहरी जवान मायाराम यादव र म्यादी प्रहरी आदर्श कुँवर घाइते भएका थिए । दुवै जनाको शिक्षण अस्पताल महाराजगंजमा उपचार भईरहेको जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्