अनौठो मेलाः कमला नदीमा भूतमेला (फोटो फिचर)
Advertise Here Book Now

सिरहा– वर्षेनी कत्तिके पूणिमामा यहाँस्थित कमला नदीमा अनौठो मेला लाग्छ । कतिलाई धामीझाँक्रीमा विश्वास नरहेपनि पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामी–झाँक्रीहरु हातमा बलेको आगो सहितको माटोको ढकना (भाडा) र बेतको लाठी घुमाउँदै कर्कश स्वरमा चिच्यउँदै यहाँ आउने गर्दछन् ।
‘पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी...’ यस्तै यस्तै आ आफनो इष्ट देवताको हरुको नाम फालाक्दै धामीझाँक्री मिर्दङ (मादल), झ्याली, ढोलपिपही जस्ता बाजाको तालमा कमला नदीमा सपथ ग्रहण गर्न पुग्ने गरेका छन् ।
सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा उनीहरुको आज बिहानैदेखि घुँइचो लागेको हो । शुक्रवार रातीबाटै कमलानदी किनारमा भगत (देउता) खेल्नहरुको घुइँचो लागेको थियो । प्रत्येक भगतासँग रहेका २० देखि २५ को समूह भगतै (भगता) लाई प्रश्न गर्ने गीत गाउने गर्दछन् ।
तन्त्रशास्त्रअनुसार तन्त्रसिद्धिका लागि कात्तिक पूर्णिमाका पूर्णहुति दिँदा तन्त्रविधा सिद्ध हुने मान्यता छ।

साभार :रातो पाटी 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्