भैरहवामा नेपाल एयरलाइन्सको विमान दुर्घटनाग्रस्त
Advertise Here Book Now

काठमाडौँ । नेपाल एयरलाइन्सको विमान भैरहवा विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको छ । भैरहवाको गौतम वुद्ध विमानस्थलबाट यात्रु लिएर राजधानी आउँदै गर्दा एक्कासी पन्चर भएपछि दुर्घटना भएको हो । स्थल स्रोतका अनुसार आर ए नाइन एन ए के एस नम्बरको जहाज गौतम वुद्ध विमानस्थलमा दुर्घटना भएको हो ।

स्रोतका अनुसार उडानको क्रममा धावन मार्गमा जहाजको पांग्रा पन्चर हुँदा जहाज दुर्घटना भएपनि मानविय क्षती भने भएको छैन । धावनमार्गमा रोकिएको जहाज हटाउने क्रममा रहेकाले अहिले विमानस्थल बन्द गरिएको प्रहरीले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्