सिङ्गो बुधौरा गाउँ एमालेमा प्रवेश
Advertise Here Book Now

सिरहा ः सिरहाको क्षेत्र नंं ३ अन्तर्गत पर्ने सिरहा नगरपालिकाको वडा नंं १५ ( साविक सुखचैना गाविस को वडा नं. १ ) बुधौरा गाउँका २ सय घरधुरीवाट २ सय  अभिभावक आज विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । नव प्रवेशीहरु तात्कालिन सुखचैना गा.वि.स.का पूर्व उपाध्यक्ष रामचन्द्र यादवको नेतृत्वमा उहाँकै आँगनमा आयोजित एक सभामा एमालेमा प्रवेश गरेका हुन् । 
नव प्रवेशीहरुलाई एमालेका केन्द्रीय सदस्य तथा सिरहा क्षेत्र नं. ३ का वाम गठबन्धनका स.युक्त प्रतिनिधि सभाका उम्मेदवार लीलानाथ श्रेष्ठले अवीरको टिका लगाई पार्टीमा स्वागत गर्नुभएको थियो भने एमालेका सिरहा जिल्ला अध्यक्ष तथा क्षेत्र नं. ३ को प्रदेश सभा ख का उम्मेदवार प्रमोद यादवले फूलमाला लगाई पार्टीमा भित्र्याउनु भएको थियो । सो अवसरमा माओवादी कैनद्रका नेता मेहश यादवको पनि समउपस्थिति थियो । 
बुधौरा गाउँका लोकप्रीय तथा वयोवृद्ध नेता तथा गाविसका पूर्व उपाध्यक्ष रामचन्द्र यादव नेपाली कांग्रेस पार्टी परित्याग गरीएमालेमा प्रवेश गरेका हुन् । उनीसंगै सो गाउँका करीव १ सय घरधुरीका अभिभावकहरु , युवा तथा महिलाहरु एमालेमा प्रवेश गरेका हुन् । त्यसैगरी बुधौरा गाउँवाट संघीय समाजवादी फोरम पार्टी परित्याग गरी १ सय युवाहरु एमालेमा प्रवेश गरेका हुन् । 
नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका नेता रामचन्द्र यादवले भन्नुभयो म बुढेसकालमा नेपाली कांग्रेस परित्याग गरी एमालेमा आएको छु । यसको एकमात्र कारण हो जिल्लाको अभिभावक तथा ईमान्दार नेता लीलानाथ श्रेष्ठलाई जिताउनु छ र प्रमोद यादवलाई जिताउनु छ । लीलानाथ श्रेष्ठ बिकासप्रेमी नेता हुन् । उनी जिल्ला बिकास समिति सिरहाको उपसभापति हुँदा सिरहा जिल्लामा उल्लेख्य विकास गर्नुभएको थियो । 
सभालाई एमाले जिल्ला अध्यक्ष प्रमोद यादव ,एमाले कै नेता डा. नविन यादव , माओवादी केन्द्रका नेता महेश यादव र एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार लीलानाथ श्रेष्ठले पनि संवोधन गर्नु भएको थियो । सभालाई संवोधन गर्दै लीलानाथ श्रेष्ठले भन्नुभयो विरामी पर्दा उपचारका लागि सक्षम डाक्टर खोज्नु पर्छ । जातको डाक्टर खोजेर हुँदैन । त्यसैगरी चुनावमा ईमान्दार र विकासप्रेमी नेता रोज्नु पर्छ । जात रोजेर हुँदैन । मधेस र मधेसीको विकासका लागि वाम गठबन्धनले नै काम गर्ने र गर्न सक्ने ठोकुवा गर्नुभयो । 
प्रवेशीहरु दुई सय जनको संख्यामा एमालेमा प्रवेश गरेपछि बुधौरा गाउँ एमालेमय भएको छ । नव प्रवेशीहरुले यस गाउँवाट एमलेलाई दुई तिहाई मत आउने ठोकुवा गरेका छन् । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्