राप्रपा नेपालका केन्द्रिय सदस्य चौधरी एमालेमा प्रबेश
Advertise Here Book Now

लहान, १४ कात्तिक । राप्रपा नेपालका केन्द्रिय सदस्य लगनलाल चौधरी नेकपा एमालेमा मंगलबार हजौरौ कार्यकता सहित प्रवेश गरेका छन् ।
अगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी तयारी तथा पार्टी प्रवेश कार्यक्रममा केन्द्रिय सदस्य चौधरीलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य रामपृत पासमानले फुलमाल लगाई पार्टीमा प्रवेश गराएका हुन ।
चौधरीले राप्रपा नेपालले पार्टीको हित विपरित काम गर्दै आइरहेको र संघ र प्रदेशको चुनावमा काग्रेस पार्टीसंग लोकतान्त्रिक गठबन्धन बनाउन लागेको भन्दै हजारौ नेता तथा कार्यकताका साथ एमाले प्रवेश गरेका छन् ।
स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालको तर्फवाट लहान नगरपालिकाका मेयरमा चौधरी एमालेका निर्वाचित मेयर मुनि साहसंग नराम्रोसंग पराजित भएका थिए ।
चौधरीसंगै नेपालीका काग्रेसका बिरेन्द्र चौधरीको नेतृत्वमा २ सय कार्यकता प्रवेश गरेका छन् भने संघिय समाजवादी फोरमका रामनारायण महतो लगायत अन्य पार्टीका नेता कार्यकताहरु पार्टी प्रवेश गरेको नेकपा एमाले लहान नगर सभापति सचितानन्द चौधरीले जानकारी दिए ।
को हुन लगनलाल चौधरी ?
चौधरी २०४३ सालमा राप्रपा नेपालबाट राष्ट्रिय पञ्चायतका सदस्य थिए भने २०४८ सालमा लहान नगरपालिकाको पहिलो मेयरका रुपमा निवार्चित भएका थिए । चौधरी २०५८ सालमा जिल्ला सभापति भइसकेका चौधरी हालै सम्पन्न भएका स्थानीय तहको निर्वाचनमा लहान नगरपालिका लहानका मेयरमा पराजित भएका हुन । उनले लहान नगरपालिकाको मेयरमा ४ हजार ४ सय ६५ मत ल्याएर पराजित भएका थिए ।
चौधरी प्रवेशले माओवादी केन्द्र र नेकपा एमालेको बाम गठबन्धन सिरहा निर्वाचन क्षेत्र नं १ मा बलियो देखिएको छ । लहान नगरपालिकाको मेयर उपमेयर सहित ९ वटा वडामा एमाले जित हासिल गरेका छन् भने माओवादी केन्द्रले २ वटा वडामा विजय भएका छन् । त्यसो त एमाले माओवादी गठबन्धन यस क्षेत्रमा बलियो रहेको छ भने चौधरीको मत जोडदा लोकतान्त्रिक गठबन्धन भन्दा अधिक मत देखिन्छ । लगनलाल चौधरी मेयर हुदा लहान नगरमा गरेको विकासले उहालाई यस क्षेत्रको लोकप्रिय नेताको रुपमा चिनिन्छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्