राजेन्द्र महतोले एउटा टिकट एक करोडमा बेचेको खुलाशा, कार्यकर्ता रुष्ट !
Advertise Here Book Now

काठमाडौं । पाए आफन्त, नपाए ग्राहक खोज्दै टिकट बेच्दै आइरहेको राजपा पार्टीभित्र इमानदार र स्वच्छ छबिका नेता कार्यकर्तालाई बाइकट गर्दै प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका व्यक्तिले टिकट हत्याउने क्रम बढेको छ ।

राजेन्द्र महतोले स्याङ्जाली नरमाया ढकाललाई एक करोडमा टिकट बेचेको प्रशंग सेलाउन नपाउँदै जनकपुरबाट विभा ठाकुरसँग २० लाख असूलेर अनिल झाले टिकट दिलाएको चर्चा छ । राज्यसँग अधिकार माग्ने तर अधिकार दिने बेलामा दलित, महिला, जनजातिलाई नै उपेक्षा गरिएको चर्चा छ ।
सिरहाबाट विनिता यादव, सप्तरीबाट पुष्पा ठाकुर, महोत्तरीबाट राम्रो जनाधार भएकी रानी शर्मालगायतको प्रमुख दावेदारी अगाडिदेखि नै चर्चामा थियो । तर यी महिलालाई बाइपास गरेर समानुपातिकमा खुम्च्याउने प्रयास भएपछि उनीहरु रुष्ट भएका हुन् ।
जनआस्था साप्ताहिकबाट

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्