हस्ताक्षर गर्न नसक्ने जनप्रतिनिधिले समाज विकास कहिले गर्ला’ ?
Advertise Here Book Now

 एनजिओहरु समान्तर सरकार चलाउंदैछ,जनप्रतिनिधिलाई चुनौती
दिनेश्वर गुप्ता लहान २९ मंसिर । ‘यस्ता जनप्रतिनिधिहरु आएका छन् ,‘जसलाई वेश लेवलको कामको पनि जानकारी नरहेको’ धनगढीमाई नगरपालिकका कार्यकारी अधिकृत रामहरी शर्मा भन्दै ‘जनप्रतिनिधिहरु उठेर आफ्नो नाम समेत बताउंन सक्दैन । आज लहानमा पब्लिक कन्स्लटेटीभ प्रोग्राम फोर आईडेन्टीफ्इगं मेम्बर कार्यक्रममा अधिकृत शर्माले ‘हस्ताक्षर गर्न नसक्ने जनप्रतिनिधिले समाज विकास कहिले गर्ला ?, ‘यसैले धेरै विकास गर्नु भन्दा थोरै नमुनाको विकास गर्नु उपयुक्त होला’ शर्माले बताउंनुभयो । अधिकृत शर्माले ‘पूर्ण रुपमा मानव विकास हुंदैन तबसम्म मानव अधिकारको प्रत्याभूति हुंदैन’ बताउंनुभयो । 
लहान नगरपालिकाका उपमेयर सरियार चौधरीले ‘विगतमा सात दल मिलेर विकासको पैसा खाने गरेको थियो, ‘अहिले हामी जनप्रतिनिधि आएको छौ, विकाससंगै हिंसा विरोध अघि बढ्ने’ बताउंनुभयो । लहान ७ का वडा अध्यक्ष राकेश रोशन गुप्ताले ‘लागुऔषधका कारोवारीलाई नियन्त्रण गर्नुपर्ने’ भन्दै ‘घर घरको समस्या खोजी गरी यसैबाट इस्यु निकालेर काम गर्दा समाजमा परिवर्तन हुने’ बताउंनुभयो । यसैगरी धनगढी नगरपालिका एक वडा अध्यक्ष प्रकाश योनजनले ‘एनजिओहरुले समान्तर सरकार चलाइरहेको छ, ‘यसले समाजमा वितृष्णा जगाइरहेको’ बताउंनुभयो । ‘राजनीतिकको विरोध एनजिओहरुले गरेकोले यसलाई हटाउंन सिधैं सरकारलाई सहयोग गर्नुपर्छ’ भन्दै ‘समान्तर सरकार चलाउंनु भनेको जनप्रतिनिधिहरुलाई चुनौती दिनु सरह रहेको’ योनजनले बताउंनुभयो । समग्र जनउत्थान केन्द्र लहानले आयोजना गरेको सो कार्यक्रमका सभाध्यक्षता भैरव गेलालले गर्नुभएका थिए भने संचालन देवराज पोखरेलले गरेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्