‘फोहोर होइन्,घर अगाडि फुल रोपौं’ ः मेयर साह
Advertise Here Book Now

माधोपुर खुला दिशामुक्त क्षेत्र घोषणा
दिनेश्वर गुप्ता लहान, १ पुष । लहान वडा नम्बर २१ आज एक कार्यक्रमबीच खुला दिशामुक्त क्षेत्र घोषणा भएको छ । लहान नगरपालिकाका मेयर मुनी साहले साबुन पानीले हात धोएर सो कार्यक्रमको उद्घाटन गर्दै ‘चर्पी बनाएर यसलाई प्रयोगमा ल्याउंनुस्’ ‘कलाबंजर माधोपुरको सडक धेरै सांघुरो छ, यसलाई फराकिलो पार्न गाईगोरु, गोबर, भैसीलगायतको वस्तु घरको पछाडी लैजानुस्’‘अब माधोपुर पनि नगर भएको छ, नगरको इज्जत आफैले गर्नुपर्छ ।’ ‘घर अगाडि फोहर होइन् प्रत्येकले कम्तिमा एउटा फूल रोपौ ।’ ‘सुन्दर नगर माधोपुर कलाबंजर बनाऔ ।’ मेयर साहले बताउंनुभयो । सो वडामा ८ सय ३० घरधुरी रहेको छ भने सरसफाईलाई जोड दिंदै लहान नगरपालिकाका कार्यकारी अधिकृत गजेन्द्रनाथ शर्माले प्रतिबद्धता पत्र सुनाउंनुभएका थिए । वडा अध्यक्ष हेमन्त यादवका सभाध्यक्षतामा भएको कार्यक्रममा लहान नगरपालिकाका उपमेयर सरियार चौधरी, वडा अध्यक्षहरु राकेश रोशन गुप्ता, अरुण केसी, रामनाथ पंडितलगायत मन्तव्य राख्नु भएका थिए । घोषणा कार्यक्रममा सरसफाईवारे नृत्य तथा नाटक प्रदर्शन गरिएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्