‘आन्दोलनमा जय मधेश, चुनावमा जय मधेश र प्रदेश २ को नाम मध्य मधेश’ ः राजेन्द्र महतो
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान, ९ पुष । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले ‘आन्दोलन गर्दा जय मधेश, ‘चुनावमा जांदा जयमधेस’ भन्दै आएका छौ आज प्रदेश २ को नाम पनि मध्य मधेश रहने बताउंनुभयो । पार्टी कार्यकर्तालाई भेटघाट गर्ने क्रममा सिरहाको लहान चोहर्वामा शनिवार मधेश सरकार भनेर हामीले जनतासंग भोट लिएका छौं, त्यसले प्रदेश २ को नमाकरंण कुनै विवाद नरहेको बताउंदै मधेश सरकार निर्माणको तयारीमा रहेको बताउंनुभयो । महतोले ‘रोशन चौधरी निर्दोष हो भनी त्यहांका जनताले प्रमाणित गरिसकेकोले, उनको सांसदको प्रमाणपत्रको लागि आन्दोलन हुन सक्ने बताउंनुभयो । महतोले संविधान संशोधन नभए पुनः सडक आन्दोलन गर्ने चेतावनी दिंदै मधेशी जनताले दिएको जनाधिकारको तीन ठूला दलले समेत स्वीकार गरी संविधान संशोधन गर्नुपर्ने बताउंनुभयो ।प्रदेश २ मा बहुमत ल्याएको फोरम र राजपाको गठबन्धनले प्रतिनिधिसभातर्फ २१ सिट जितेको छ । प्रदेश २ का ८ जिल्लाको प्रतिनिधिसभाको ३२ मध्ये २० सिटमा गठबन्धन विजयी भएको छ । महतोले ‘प्रदेशको राजधानी जनकपुर हुन्छ अरु यो प्रदेशसभाको दुई तिहाईले निर्णय गर्नेछ ।प्रदेश २ को मुख्यमन्त्री राजपा वा फोरम मध्ये कसले पाउने भन्ने छलफल नभएको महतोले बताए । ‘भर्खर चुनाव सकिएको छ, पूरै परिणाम आइसकेको छैन’ उनले भने, मुख्यमन्त्रीका लागि हामीसँग एकसेएक योग्य व्यक्ति छन् । सहमतिबाट एक व्यक्ति हुनेछन् । २ नम्बर प्रदेशमा मधेशवादी गठबन्धनको बहुमत रहेको छ भने दोस्रो स्थान जितेर एमाले प्रमुख प्रतिपक्ष बन्ने देखिएको छ भने कांग्रेस तेस्रो र माओवादी चौथो स्थानमा रहेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्