कथित बोक्सीको आरोपमा महिलालाई कुटपिट, आमाछोरी प्रहरी नियन्त्रणमा
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान, १९ पुष । कथित बोक्सीको आरोपमा कुटपिट गर्ने दुई महिला आज पक्राउ परेका छन् । लहान २१ खोरिया टोल बेतहा बस्ने बर्ष ३५ की ईनरदेवी दास र सोही ठाउं बस्ने बर्ष १८ की निलम दासले कुटपिट गरेको आरोपमा उनीहरु पक्राउ परेका छन् । उनीहरुले आफ्ना छिमेकी बर्ष ३८ की रितादेवी दासलाई स्थानीयको सहयोगमा रक्तामय गरी कुटपिट गरेको हो । पुष १५ गते लहान बजारबाट घर फर्किरहेका बेला बेलुकी ७ बजेतीर रितालाई गालीगलौज गर्दै उनीहरुले ‘मलाई बोक्सी लगाउंने तिमी नै हो ।’‘ आफ्नो पतिलाई पनि रोगी बनाउंने तिमी नै हो ।’ ‘मेरो घर परिवारमा रोग बसाउंने तिमी नै हो ।’ भन्दै उनीहरुले रितालाई निलमले कपाल समाती पछारेका थिए । उता, निलमकी आमा ईनरदेवीले बांसको लठ्ठी लिएर उनलाई बेसरी कुटपिट गरी रक्तामय पारेको जाहेरीमा उल्लेख छ । उनका पति सिल्टु दासले एक बर्षदेखि मधुमेह रोग लागेर औषधी लिइरहेका छन् । बोक्सीको आरोप लगाउंदै रितालाई निलम र ईनरदेवीले भूईमा पर्छार्दै घिर्सादै बांसको लठ्ठीले कुटपिट गरी नग्याएरको र जिउभरी निलडाम पारेको छ । कुटपिट गर्नेपक्षले विगत दूई बर्षदेखि विजुली धामी (झाक्री) लाई बोलाएर घरमा गुहाइर गर्दै आएका छन् । धामीले रितालाई बोक्सी लगाएको भन्दै गाउंमा उनीमाथी उत्पात मचाउंदै आएको छ । रितालाई तीन पटक बोक्सीको आरोपमा कुटपिट गर्दा गाउंमै छलफलबाट मिलाउंने गरेको थियो । यस पटक आफु निर्दोष हु भन्दै कानुनी उपचारको लागि रिताले ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएका छन् । उजुरीका आधारमा कुटपिट गर्नेपक्षलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेपछि एमालेका नेता कार्यकर्ताहरुले आमाछोरी ईनर र निलमलाई थुनामुक्त गराउंन प्रहरीलाई दवाव दिएका छन् । घाईते भएकी रिता दासको उपचार लहान अस्पतालमा भएको छ भने कुटपिट गर्नेपक्षलाई थुनामुक्त गर्न कसरत भइरहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्