बाहुबली स्टार "प्रभाष" र "प्रभाकर" (कालकेय) जनकपुर आउने !
Advertise Here Book Now


भारतको फिल्म जगतमा सबभन्दा सफल चलचित्र बाहुबलीको अपार सफलतापछि प्रथम पटक सुपर स्टार प्रभाष जनकपुर आउने भएको छ ।

साउथ फिल्ममा सयौँ फिल्ममा काम गरिसकेका प्रभाष २०१४ मा आएको फिल्म बाहुबली तथा २०१६ मा आएको फिल्म बाहुबली द कनक्लुजनबाट हवात्तै चर्चामा आएका छन् ।

१५ सय करोड बढी कमाई गर्ने हिन्दुस्तान फिल्म ईन्डस्टीको पहिलो फिल्म भएलगत्तै अर्को फिल्म "रामया" को सुटिँगको लागि प्रभाष जनकपुर आउन लागिएको बलिवुड खवरले जनाएको छ ।

रामायण र महाभारतमा आधारित फिल्म बाहुबली निकै चर्चा पाएपछि एसएस रजामौलीकै निर्देशनमा फिल्म "रामया" समेत बन्ने दाबी गरिएको छ ।

फिल्म रामया मा प्रभाष एक योद्धाकै भूमिकामा देखिनेछन् भने राम सीताको कहानी समेत केही समावेश गरिएको हुनाले जनकपुरमा समेत ३ दृश्यको सुटिँग हुने जनाइएको छ ।

प्रभाष सँगै बाहुबलीका कालकेयका किरदार निभाएका प्रभाकर समेत आउने जनाइएको छ ।

यद्यपी, बाहुबली स्टार "प्रभाष" कहिले आउने भने तय भइनसकेको तथा कुनै औपचारिक जानकारी गराइएको छैन ।

#एजेन्सीको_सहयोगमा

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्