चिसोका कारण सिरहाको जनजीवन प्रभावित
Advertise Here Book Now

शुभ नारायण कामती
 
सिरहा, ३ पौष । सिरहामा पछिल्लो केही दिनदेखि बाक्लो हुस्सु र चिसोका कारण जनजीवन प्रभावित बनेको छ । चिसोले स्थानीय हाट बजारमा सर्वसाधारणको चहलपहल घटेको छ भने हुस्सु लागेकाले सडकमा सवारी साधनहरु बत्ती बालेर चलिरहेका छन् ।
जाडोका कारण सिरहाको मिर्चैया, गोलबजार, लहान र सिरहा सदरमुकाम लगायतका व्यापारिक ठाउँहरुमा चहलपहल कम भएको छ । स्थानीय हाट बजारमा मानिसहरुको चलपहल कम हुँदा अन्य सामानको व्यापार घटे पनि जाडोको लुगाको व्यापार भने बढेको देखिन्छ । जाडोका कारणले मानिसहरु अति जरुरी कामबाहेक बाहिर निस्किन सकिरहेका छैनन ।शुक्रबार बिहानदेखि नै राम्ररी घाम नलाग्दा चिसो बढेको हो । चिसोका कारण बृद्धबृद्धा र बालबालिका बढि प्रभावित भएका छन् । चिसोकै कारण अस्पतालमा अहिले दैनिक ३५ देखि ४० जना रुघाखोकी, भाइरल ज्वरो, श्वासप्रश्वास, हाडजोर्नी, निमोनिया, कुल डायरियाका बिरामी उपचारको लागि आउन थालेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. चुमन लाल दासले बताए ।
उनले जाडोबाट बच्न तातो झोलिलो खानेकुरा बढि मात्रामा खानुपर्ने, न्यानो कपडा लगाउनु पर्ने र घरभित्रै बस्नु पर्ने र कुनै समस्या भए अस्पतालमा गएर उपचार गराउन सुझाव दिएका छन् । त्यस्तै जिल्लाभर चिसो बढे पनि स्थानीय विद्यालयहरु खुलिरहेका छन् ।
जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोका अनुसार स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा कारण बालबालिकाको पठनपाठन निरन्तर हुन नसकेकाले चिसोका कारण तत्कालै विद्यालय बन्द नगराइने तर जोखिमपूर्ण अवस्था आए जिल्ला शिक्षा समितिको बैठक बसेर निर्णय गर्न सकिने बताए । स्रोत :ABC NEPAL 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्