महोत्तरीको गौशालामा आगलगी हुँदा ५ लाखको क्षति
Advertise Here Book Now

महोत्तरी, माघ ३ –

महोत्तरीको गौशालामा बुधबार राति आगलगी हुँदा ५ लाख बराबरको क्षति भएको छ । बेचन महतोले गौशाला नगरपालिका–११ ईमली बजारमा संचालन गर्दै आएको कपडा सिलाई पसलमा आगलगी भएको हो ।  
आगलागीबाट चारवटा सिलाई मेसिन र ज ६ प ८३०२ नम्बरको मोटरसाइकल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । पसलको वाहिरपट्टि घुर बालेको देखिएकोले घुरबाट नै आगो लागेको हुन सक्ने अनुमान रहेको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिनुभयो  । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्